स्रोत नखुलेको रकम सहित एक जना पक्राउ
२०८१-१०-०४
- A
- A-
- A+
कपिलवस्तु, मायादेवी गाउँपालिका-६ बाट स्रोत नखुलेको नगद १५ लाख ७० हजार रूपैयाँ सहित सोही गाउँपालिका-७ हर्नामपुर बस्ने ३० वर्षीय निरज कुमार मिश्रलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले साइकलमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।