नक्कली पेस्तोल देखाई ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-१०-०९
- A
- A-
- A+
रौतहट, नक्कली पेस्तोल देखाई ठगी गरेको अभियोगमा भारत मोतिहारी ग्राम पञ्चायत खरोही-४ बस्ने २० वर्षीय अब्दुल कलामलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
ईशनाथ नगरपालिका-४ मठियास्थित सीमाक्षेत्रमा हिड्डुल गर्ने व्यक्तिहरूलाई अब्दुलले नक्कली पेस्तोल देखाई डर त्रास देखाई पैसा माग्ने गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी मठिया महुलियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।