सुन जस्तो देखिने धातु सहित एक जना पक्राउ
२०८१-१०-०९
- A
- A-
- A+
काठमाडौं, अवैध रूपमा संकलन गरी लैजान लागेको करिब १९ ग्राम ९ सय ८० मिलिग्राम सुन जस्तो देखिने धातुको सिक्री १ थान, ल्यापटप १ थान र मोबाइल २ थान सहित रामेछाप सुनापाती गाउँपालिका-३ घर भएका २६ वर्षीय आदित्य योञ्जनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बाह्य मुलुकबाट काठमाडौं आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा संकलन गरी लैजान लागेको उक्त धातुको सिक्री, ल्यापटप र मोबाइल सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट फेला पारी प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।