अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
२०८१-१०-१४
- A
- A-
- A+
दाङ, तुल्सीपुर उपमहानगरपालिका-५ ज्योतीनगर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ३० मिलिग्राम र नगद ४२ हजार ७ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने २१ वर्षीय पूर्ण बहादुर बाँठा मगरलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ बस्ने २७ वर्षीय प्रबिन सुनारसँग खरिद गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रबिनलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ७ सय २० मिलिग्राम र नगद १ लाख २४ हजार ३ सय ९५ रूपैयाँ सहित पक्राउ गरेको छ ।
कैलाली, धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय १० मिलिग्राम सहित सोही उपमहानगरपालिका-८ बस्ने ३२ वर्षीय मनिष चौधरीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-१ बाराकुण्डाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय जनक भण्डारी समेत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गैलनदीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, हल्दिबारी गाउँपालिका-१ गोलधापबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय सोनु कर्मकार र दमक नगरपालिका-८ वस्ने २३ वर्षीय सक्षम भट्टराई रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले प्रदेश १-०१-०१७ प २६१९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।