अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८१-१०-१५
- A
- A-
- A+
चितवन, राप्ती नगरपालिका-५ शिखर डाँडाबाट अवैध लागूऔषध गाँजा करिब ३ किलो ५ सय ८० ग्राम सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१२ च्यात्राङ बस्ने २४ वर्षीय ईमान तामाङ, २० वर्षीय जगत तामाङ र सोही नगरपालिका-२ ड्राइभर टोल बस्ने ३८ वर्षीय तारा कडेल रहेका छन् । इलाका प्रहरी कार्यालय भण्डराबाट खटिएको प्रहरीले डुम्रीखाडीबाट भण्डारातर्फ आउँदै गरेको बा.१८ प १०४८ नम्बरको मोटरसाइकलमा सवार ईमान र जगतलाई ३ किलो १ सय ३० ग्राम र पैदलयात्री तारालाई ४ सय ५० ग्राम गाँजा सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१५ शुसन टोलबाट नियन्त्रित लागूऔषध स्पास्पेन २ हजार ८० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २८ वर्षीय विशाल श्रेष्ठ समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी श्याम चोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।