अवैध चाँदीका गहना सहित पक्राउ
२०७८-०९-२८
- A
- A-
- A+
धनुषा, जनकपुर उपमहानगरपालिका-५ बाट करिब ७ लाख ८३ हजार २ सय ९८ रुपैयाँ बराबरको ९ किलो ७ सय ६७ ग्राम अवैध चाँदीका गहना र नगद १ लाख १२ हजार ६ सय रुपैयाँ सहित सुनसरी ईटहरी उपमहानगरपालिका-५ शिवालय टोल बस्ने ३० वर्षीय कुमार खातीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश नम्बर १-०२-०४५ प ८२७ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा खातीको पिठयूमा बोकेको झोलामा लुकाई राखेको अवस्थामा उक्त गहना सहित फेला पारी मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो ।
खातीलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुर पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।