प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

२०८१-१०-२१

  • A
  • A-
  • A+
Share

अर्घाखाँची, सन्धिखर्क नगरपालिका-१ गुन्टेखोलास्थित सोही नगरपालिका-४ वाङ्ला बस्ने अशोक श्रेष्ठको पौरखी खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ बस्ने ५१ वर्षीय जुठे मिया समेत ८ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।   

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनीहरूलाई करिब १ लाख ३४ हजार ३५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार अशोकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार