ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-१०-२४
- A
- A-
- A+
काठमाडौं, ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी रूकुम पश्चिम बाँफिकोट गाउँपालिका-१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्ने ३३ वर्षीया सुभद्रा दाहाल गुरूङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर इमाडोलबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।