अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ
२०८१-१०-२४
- A
- A-
- A+
सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-७ शंकरचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ ग्राम २ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बीरेन्द्रनगर नगरपालिका-१२ नेवारे बस्ने २५ वर्षीय दिपक कुँवर र बराहताल गाउँपालिका-८ बस्ने २३ वर्षीय डिल बहादुर नेपाली रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।