ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-१०-२५
- A
- A-
- A+
काठमाडौं, ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी मकवानपुर थाहा नगरपालिका-८ घर भई ललितपुर, ललितपुर महानगरपालिका- २ सानेपा बस्ने ३५ वर्षीय चित्र बहादुर घलानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत मकवानपुरबाट गत मंसिर १३ गते पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर सानेपाबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाइएको छ ।