करिब ६ सय किलो गाँजा सहित एक जना पक्राउ
२०८१-१०-२५
- A
- A-
- A+
महोत्तरी, भंगाहा नगरपालिका-६ मजरास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ६ सय किलोग्राम सहित उदयपुर कटारी नगरपालिका-१ बस्ने २३ वर्षीय गणेश बहादुर विश्वकर्मालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट जमुनियाबाट खटिएको प्रहरीले बर्दिबासबाट जलेश्वरतर्फ जाँदै गरेको प्रदेश २-०४-००१ ख ००२१ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा लुकाई छिपाई ल्याएको ४० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक गणेशलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।