अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ
२०८१-१०-२५
- A
- A-
- A+
बर्दिया, बढैयाताल गाउँपालिका-७ कर्णालीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित सोही गाउँपालिका-८ बस्ने २४ वर्षीय हरि थापा मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।