प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

२०७८-०९-२८

  • A
  • A-
  • A+
Share

ललितपुर, ललितपुर महानगरपालिका-१५ ताल्छिखेलमा कौडा खेलिरहेको अवस्थामा ७ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-८ पाटन सुन्धारा बस्ने ३७ वर्षीय पवित्र महर्जन, ललितपुर महानगरपालिका-८ बस्ने ४२ वर्षीय महेश श्रेष्ठ, ललितपुर महानगरपालिका-१९ बस्ने ४१ वर्षीय विकास शाक्य, ललितपुर महानगरपालिका-७ बस्ने ३२ वर्षीय सुमन महर्जन, बारा गढीमाई नगरपालिका-४ वतन भई ललितपुर बस्ने २४ वर्षीय रोशन कुमार साह, चितवन रत्ननगर नगरपालिका-४ घर भई ललितपुर बस्ने २९ वर्षीय विनोद नेपाल र धादिङ धुनिवेशी नगरपालिका-७ थाक्रे घर भई ललितपुर बस्ने २४ वर्षीय मनिष पण्डित रहेका छन् । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा नगद २ लाख १३ हजार ५ सय ४७ रुपैयाँ र १६ वटा कौडा सहित फेला पारी पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत ललिरपुरबाट ७ दिनको म्याद थप अनुमति प्राप्त भई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । 

सल्यान, शारदा नगरपालिका-२ खंलगा बस्ने ७० वर्षीय विश्व राईको घरमा जुवातास खेलिरहेको अवस्थामा विश्व राई लगायत ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा नगद ४७ हजार ३ सय ६५ रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
२०८२-०४-३०

काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित तारकेश्वर नगरपालिका-५ घर भएका ४२ वर्षीय सूर्य लामाले संचालन गरेको होटल एसपिएस गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरको छ । प्रहरी प्रभाग गोंगबु र प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २३ हजार रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरको हो । दाङ, तुलसीपुर उपमहानगरपालिका-५ न्यूरोडस्थित मिलन गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा गेष्ट हाउसका संचालक ४९ वर्षीय कमानसिंह केसी समेत ४ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ८ सय ९० रूपैयाँ र ५२ पत्ति तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।