हेड अफ एनसिबी कन्फरेन्समा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा नेतृत्वको टोली फ्रान्स प्रस्थान
२०८१-१०-२८
- A
- A-
- A+
काठमाडौं, इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा संचालन हुने २०औं ‘हेड अफ एनसिबी कन्फरेन्स’मा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा नेतृत्वको टोली आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
हेड अफ एनसिबी कन्फरेन्समा मुख्य रूपमा Scenario of Crime Against Child विषय लगायत अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका १९६ सदस्य राष्ट्रहरूका एनसिबि प्रमुखहरु, इन्टरपोल महासचिव तथा पदाधिकारीहरू बिच समन्वय तथा सहकार्यको विषयहरूमा छलफल हुनेछ । साथै सहभागिताको क्रममा समसामयिक घटना, अपराध अनुसन्धानको विषय तथा Capacity development/building का विषयहरूमा Asia and the south Pacific Regional Round Table Meeting गर्ने कार्यक्रम समेत रहेको छ । इन्टरपोलका सदस्य राष्ट्रहरूका प्रमुखहरूको हरेक वर्ष हुने Head of NCB Conference यस वर्ष सन् २०२५ फेब्रुअरी ११ देखि १३ (तद्अनुसार २०८१ माघ २९ देखि फागुन १ गते) सम्म फ्रान्सको लियोनमा सम्पन्न हुनेछ । कन्फरेन्समा प्रहरी उपरीक्षक कोमल शाह समेत सहभागी हुनु हुनेछ ।