अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८१-१०-३०
- A
- A-
- A+
इलाम, माई नगरपालिका-७ ढेवा खोलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४५ वर्षीय टेक बहादुर लिम्बुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महमाईबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, पथरीशनिश्चरे नगरपालिका-१ सुन्दरबस्तीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५४ ट्याब्लेट सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने ३३ वर्षीय बाल कृष्ण परियार र २० वर्षीय मौषम धिमाल रहेका छन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, जानकी गाउँपालिका-७ खल्ला गोलौरी बस्ने ६० वर्षीय रामशरण महतोलाई अवैध लागूऔषध गाँजा २ किलो ५ सय ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।