अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ
२०८१-११-०१
- A
- A-
- A+
बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित कैलाली गोदावरी नगरपालिका-८ बुढितोला बस्ने २० वर्षीय किसन परियारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आँउदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।