युके पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-११-०३
- A
- A-
- A+
काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-३ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-५ बस्ने ५३ वर्षीय दिनेश अधिकारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
अधिकारीले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३२ लाख ५७ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२६ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।