अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८१-११-०४
- A
- A-
- A+
झापा, झापा गाउँपालिका-५ पन्थपडाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित आइतबार दिउँसो २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय तोफिजुल अलि र २० वर्षीय चान महमद रहेका छन् । प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
बर्दिया, बढैयाताल गाउँपालिका-७ कर्णालीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित सोही गाउँपालिका-६ मैनापोखर बस्ने १५ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।