अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८१-११-०५
- A
- A-
- A+
बाँके, कोहलपुर नगरपालिका-५ रझेनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय सुवास चमार र सुर्खेत बीरेन्द्रनगर नगरपालिका-९ घर भएकी २४ वर्षीया जस्मिन थापा रहेका छन् । प्रहरी बिट रझेना र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनुषा, गणेशमान चारनाथ नगरपालिका-१ बालुवा खोलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४८ ग्राम ३ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-१ छघरिया बस्ने ३२ वर्षीय राजेश यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढल्केबर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिवासबाट खटिएको प्रहरीले प्र.२-०२-००४ प ९०३७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी धनुषा, सबैला नगरपालिका-१३ प्रसाही बस्ने ६५ वर्षीय महेश्वर मण्डल खत्वेलाई अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बरमझियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
कैलाली, गोदावरी नगरपालिका-२ पहाड रोड तेघरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय दीपेन्द्र राज लेखक र २२ वर्षीय आशिष भण्डारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कपिलवस्तु, मायादेवी गाउँपालिका-४ चाकरचौडा मेन गेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाणगंगा नगरपालिका-२ राजपुर बस्ने ३२ वर्षीय प्रबत घिमिरे र ३१ वर्षीय भिम बहादुर पुन रहेका छन् । इलाका प्रहरी कार्यालय चाकरचौडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको लु.१९ प ४१७५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१२ पदमपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय बसन्त दर्लामी मगरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।