नियन्त्रित लागूऔषध सहित पक्राउ
२०८१-११-०५
- A
- A-
- A+
उदयपुर, त्रियुगा नगरपालिका-३ मोतिगडा चोकबाट नियन्त्रित लागूऔषध फेनारगन १९ एम्पुल, बुप्रेनोर्फिन १९ एम्पुल र डाइजेपाम १९ एम्पुल सहित सोही नगरपालिका-३ मिलन चोक बस्ने २७ वर्षीय दिपेश चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।