अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८१-११-०९
- A
- A-
- A+
झापा, बिर्तामोड नगरपालिका-५ मधुमारबाट अवैध लागूऔषध गाँजा ४ सय ५० ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ७ ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३० वर्षीय मोहमद कलिम समेत ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले कलिमको घर तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोकेबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्राम सहित बैतडी पाटन नगरपालिका-६ बस्ने २८ वर्षीय कमल भण्डारीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बारा, कोल्हवी नगरपालिका-६ प्रसौनाबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ५१ ग्राम सहित सोही ठाउँ बस्ने बच्चा बाबु चौधरी समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिहोर्वाबाट खटिएको प्रहरीले बच्चा बाबुको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
दाङ, लमही नगरपालिका-५ रातोडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने घोराही उपमहानगरपालिका-१७ घर भएका २७ वर्षीय सुशिल घर्तीलाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
सिन्धुली, मरिण गाउँपालिका-७ देउजोरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५४ ट्याब्लेट सहित २ जनालाई बिहिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कमलामाई नगरपालिका-२ बस्ने २३ वर्षीय राम बहादुर डिमदोङ र २२ वर्षीय साजन तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले प्रदेश ३-०२-००६ प ३०८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।