अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८१-११-१०
- A
- A-
- A+
सुर्खेत, वीरेन्द्ननगर नगरपालिका-११ सुब्बाकुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय २० मिलिग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका-३ बस्ने ३१ वर्षीय जनक सापकोटा, सोही नगरपालिका-४ बस्ने ३२ वर्षीय तारा बिक र २५ वर्षीय कुशल गिरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुर्खेत, वीरेन्द्ननगर नगरपालिका-१२ ढकाल चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५९ ट्याब्लेट सहित सोही ठाउँ बस्ने १७ वर्षीय किशोरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित सोही उपमहानगरपालिका-३ बस्ने २४ वर्षीय विवश वडाललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो धनगढीबाट खटिएको संयुक्त टोलीले सु.प.प्र.०१-०१२ प ४२५९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-१४ झिगौराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१६ बस्ने ३३ वर्षीय राजिव वलीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी दाङ, तुलसीपुर उपमहानगरपालिका-७ गैरापातु बस्ने ३० वर्षीय बिमल बिश्वकर्मालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१५ सुबेदी मार्गबाट नियन्त्रित लागूऔषध ट्रामोल २ सय ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१५ बस्ने २३ वर्षीया सृजना राई समेत ४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।