सुन जस्तो देखिने धातु सहित पक्राउ
२०८१-११-११
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट सुन जस्तो देखिने धातु ३ सय ५४ ग्राम सहित भारत उत्तर प्रदेश गोण्डा बस्ने ३० वर्षीय राकेश कुमारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गा समेतबाट खटिएको प्रहरीले बेलहियाबाट काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख ४४१५ नम्बरको बसमा सवार उनलाई उक्त धातु सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।