प्रथम आइजिपि स्कुल लेवल नेश्नल तेक्वान्डो च्याम्पियनसिप शुरू
२०८१-११-१६
- A
- A-
- A+
काठमाडौं, नेपाल पुलिस स्कुल सामाखुसीको आयोजनामा संचालन हुने प्रथम आइजिपि स्कुल लेवल नेश्नल तेक्वान्डो च्याम्पियनसिप-२०८१ शुक्रबारबाट शुरू भएको छ ।
शनिबार सम्पन्न हुने उक्त प्रतियोगितामा नेपाल पुलिस स्कुल सामाखुसी, नेपाल पुलिस स्कुल काभ्रे, नेपाल पुलिस स्कुल धरान, सशस्त्र प्रहरी स्कुल कीर्तिपुर लगायत ४७ वटा विद्यालय/डोजाङका करिब ६ सय जना तेक्वान्डो खेलाडीहरूको सहभागीता रहेको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी नायव महानिरीक्षक ध्रुव राज राउत, विद्यालयका प्राचार्य राम प्रसाद भुसाल, विभिन्न विद्यालयका खेलाडीहरू, शिक्षकहरू लगायतको उपस्थिति रहेको थियो ।