हत्या गरेको अभियोगमा पक्राउ
२०८१-११-१९
- A
- A-
- A+
सिन्धुली, आफ्नै श्रीमती १७ वर्षीया अनिशा सदाको हत्या गरेको अभियोगमा दुधौली नगरपालिका-८ कछुवाखाडी बस्ने २२ वर्षीय दिनेश सदालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
दिनेशले अनिशाको आइतबार राति हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।