अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ
२०८१-११-१९
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३१ ग्राम सहित सिराहा सखुवानान्कारकट्टी गाउँपालिका-५ बस्ने २५ वर्षीय मोहमद कलामलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकडभिट्टा देखि काठमाडौंतर्फ आउँदै गरेको प्र.०१-०१-००१ ख ४५५६ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।