अवैध लागूऔषध सहित सात जना पक्राउ
२०८१-११-२०
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट अवैध लागूऔषध गाँजा ५ किलो १ सय ग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-१ सानुभाबर बस्ने २३ वर्षीय ईमान सिंह घलान र सोही गाउँपालिका-२ सुनासौरा बस्ने २३ वर्षीय रामचन्द्र घलान रहेका छन् । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले नारायणगढबाट वीरगंजतर्फ जाँदै गरेको बा.४ ख ७१६५ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका-१५ चाईना मार्केटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० ग्राम १ सय ४० मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार अररिया थाना फारबिसगंज-७ बस्ने २८ वर्षीय अर्जुन मल्लिक, बिराटनगर महानगरपालिका-१७ बस्ने १९ वर्षीय साईनम गुरङ र लेटाङ नगरपालिका-३ बस्ने ४० वर्षीय नबिन तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
जुम्ला, चन्दननाथ नगरपालिका-५ जुगार्डबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४० ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २० वर्षीय लक्की परियार र २३ वर्षीय प्रबिण परियार रहेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।