अवैध लागूऔषध चरेश सहित पक्राउ
२०८१-११-२७
- A
- A-
- A+
उदयपुर, बेलका नगरपालिका-९ रामपुर बजारस्थित होटल एकान्त एण्ड लजबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३ ग्राम ६० मिलिग्राम सहित सोही नगरपालिका-५ बस्ने ३० वर्षीय विशप खतिवडालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले होटलको १५ नम्बर कोठाबाट उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।