प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

२०८१-११-२८

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानरपालिका-२६ मित्रनगरस्थित रूकुम पश्चिम मुसीकोट नगरपालिका-१० घर भएका ४५ वर्षीय संजय कुमार कठायतको लाईभ ईन गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक संजय समेत ७ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग गोँगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार रूपैयाँ र तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 



सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
२०८१-११-१९

काठमाडौं, शंखरापुर नगरपालिका-३ बस्ने ४१ ज्ञान बहादुर तामाङको हिमालयन भ्यू पोइन्ट रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा ज्ञान बहादुर समेत ११ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ३३ हजार २ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । अर्घाखाँची, भूमिकास्थान नगरपालिका-५ धारीचौर बस्ने राधिका बेल्वासेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ बस्ने ३७ वर्षीय तुल्सी रायमाझी समेत ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खिल्जीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ