प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८१-१२-०१

  • A
  • A-
  • A+
Share

बझाङ, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरको अभियोगमा जयपृथ्वी नगरपालिका-१० चैनपुर बजार डेरा गरी बस्ने तलकोट गाउँपालिका-५ घर भएका २२ वर्षीय हेमन्त भण्डारीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

हेमन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार