तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
२०७८-१०-०२
- A
- A-
- A+
तनहुँ, व्यास नगरपालिका-१ भादगाउँ बस्ने पदम आलेको घरमा तास खेलिरहेको अवस्थामा भानु नगरपालिका-७ बस्ने ४० वर्षीय बुद्धि बहादुर थापा लगायत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४३ हजार ५ सय १५ रुपैयाँ र २ सय १२ पत्ती तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।