अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८१-१२-०४
- A
- A-
- A+
बाँके, खजुरा गाउँपालिका-६ सिमलघारी बस्ने २० वर्षीय हिम्मत बहादुर धामीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट अवैध लागूऔषध गाँजा १० किलो ७ सय ग्राम सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका-५ डिल्लीपुर बस्ने ३० वर्षीय अनिल तामाङ र २४ वर्षीय अशोक बल रेहका छन् । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले ना. ७ ख ४५७३ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५७ ग्राम २ सय ९० मिलिग्राम सहित चितवन भरतपुर महानगरपालिका-१६ बस्ने ४० वर्षीय कुम बहादुर आले र सोही महानगरपालिका-४ बस्ने ३२ वर्षीय दिपक परियारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट नारायणगढतर्फ जाँदै गरेको बा.प्र. ०६-००१ ज ००७१ नम्बरको ईभि गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ३० मिलिग्राम सहित केराबारी गाउँपालिका-३ बस्ने २४ वर्षीय उत्तम याख्खा र सुन्दरहरैंचा नगरपालिका-५ बस्ने ४५ वर्षीय मातृका सुवेदीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ४० मिलिग्राम सहित उदयपुर बेलका नगरपालिका-२ बस्ने २० वर्षीय सुजन खड्कालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-१३ गेटा एयरपोर्टबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ६ ग्राम ७ सय मिलिग्राम सहित कञ्चनपुर बेदकोट नगरपालिका-८ बस्ने २१ वर्षीय भवन नाथलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । विमानस्थल सुरक्षा गार्ड कैलालीबाट खटिएको प्रहरीले वुद्ध एयरको उडानद्वारा धनगढीबाट काठमाडौंतर्फ जान लागेका उनलाई विमानस्थलमा जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी पश्चिम, सुनवल नगरपालिका-३ खैरहनीबाट नियन्त्रित लागूऔषध स्पास्मो ३ सय ५० क्याप्सुल सहित रामग्राम नगरपालिका-५ बस्ने ३७ वर्षीय सुग्रिम भर कुर्मी र ३४ वर्षीय छन्नु यादवलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले लु.१७ प ५४८९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।