अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८१-१२-०४
- A
- A-
- A+
धादिङ, गजुरी गाउँपालिका-२ रातामाटेबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो ९ सय ग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गजुरी गाउँपालिका-३ वालसिङ्ग बस्ने २३ वर्षीय सुनिल तामाङ र ३५ वर्षीय दिल बहादुर तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले राक्सीङबाट चालिसेतर्फ आउँदै गरेको बा.९३ प ३३४० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-६ मैनापोखरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २४ ग्राम १ सय मिलिग्राम सहत २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मधुवन नगरपालिका-८ गाउँ बस्ने २५ वर्षीय माधव चन्द र २४ वर्षीय अर्जुन कुँवर रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।