प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८१-१२-०७

  • A
  • A-
  • A+
Share

संखुवासभा, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी चैनपुर नगरपालिका-९ बस्ने ५१ वर्षीय चतुरमान तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको  छ । 

भोजपुर घर भएका ३६ वर्षीय पर्शुराम विकको २०६१ चैत २२ गते हत्या गरेको घटनामा जिल्ला अदालत संखुवासभाको २०६७ कात्तिक १७ गतेको फैसलाले २० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले उनलाई चैनपुर नगरपालिका-९ खाम्लिङबाट पक्राउ गरेको हो । 

उनलाई जिल्ला अदालत संखुवासभा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय खाँदबारी पठाइएको छ । 

सम्बन्धित समाचार
हत्यामा संलग्न १६ जना पक्राउ
२०८१-१२-१३

काठमाडौं, चन्द्रागिरी नगरपालिका-७ बस्ने दोलखा मेलुङ गाउँपालिका-४ घर भएका २३ वर्षीय अभय भन्ने अबे तामाङको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा काठमाडौं नागार्जुन नगरपालिका-१० स्युचाटार बस्ने पर्सा सखुवा प्रसौनी गाउँपालिका-१ घर भएका २१ वर्षीय आशिष श्रेष्ठ समेत १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   काठमाडौं महानगरपालिका-१४ खड्कागाउँमा दुई समूहबीच पुरानो रिसिईबीलाई लिई झगडा हुँदा आशिष समेतका  व्यक्तिहरूले धारिलो हतियार तथा फलामको रडहरू प्रहार गर्दा गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सुन जस्तो देखिने धातुका विभिन्न गहना सहित एक जना पक्राउ
२०८१-१२-१३

काठमाडौं, बिल बिजक नभएका सुन जस्तो देखिने धातुका विभिन्न गहना सहित काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने नुवाकोट विदुर नगरपालिका-५ घर भएका ४१ वर्षीय दिपेश लाल चित्रकारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१५ स्वयम्भू आनन्दकुटीमा एक व्यक्तिले सुनका गरगहनाहरू बिक्री गर्न लिएर हिँडिरहेको भन्ने सूचना प्राप्‍त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी उनलाई सुन जस्तो देखिने धातु जडित पोते सहितको माला १८ थान, क्रिष्टल सहितको माला १३ थान, टप ३ जोर, तिलहरी १ थान लगायत विभिन्न गहना सहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ ।

हत्या संलग्न फरार व्यक्ति पक्राउ
२०८१-१२-१३

काठमाडौं, हत्यामा संलग्न रही फरार रहेका कागेश्वरी नगरपालिका-६ मुलपानी पाटिटार बस्ने रोल्पा परिवर्तन गाउँपालिका-३ ईरिवाङ घर भएका ५७ वर्षीय हिमाल बुढामगरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । भक्तपुर मध्यपुर थिमी नगरपालिका-९ बोडे बस्ने खोटाङ केपिलासगढी गाउँपालिका-२ बाक्सिला घर भएका ६५ वर्षीय ओम प्रकाश राईको आइतबार बिहान हत्या गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं मुलपानी एरियाबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त थिमी पठाइएको छ ।

करिब १ सय ५० किलो गाँजा सहित चार जना पक्राउ
२०८१-१२-१३

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-४ औराहाबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० किलोग्राम सहित ४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२२ चक्री टोल बस्ने ४२ वर्षीय बुद्ध घलान, सोही उपमहानगरपालिका-८ बस्ने ३६ वर्षीय नन्दकिशोर सहनी, २८ वर्षीय बिर बहादुर डम्वा र मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे बस्ने २७ वर्षीय सोमलाल पाख्रीन रहेका छन् ।   इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-१२-१३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-६ घर भएका ४१ वर्षीय सुवास थापालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । सुवासले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख २० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सुकेधारबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।