प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ

२०८१-१२-०८

  • A
  • A-
  • A+
Share

मोरङ, उर्लाबारी नगरपालिका-३ थापा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९४  ट्याब्लेट र स्पास्पेन १ सय ९४ ट्याब्लेट सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २० वर्षीय ईन्द्र मगर र सोही नगरपालिका-५ बस्ने ३० वर्षीय भबिन्द्र दर्जी रहेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

चितवन, कालिका नगरपालिक-७ लाहुरे चोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३ एम्पुल, फेनारगन ३ एम्पुल र बुप्रेनोर्फिन ३ एम्पुल सहित सोही नगरपालिका-२ बस्ने ३० वर्षीय राजकुमार तामाङलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी चितवन, कालिका नगरपालिका-७ क्लब चोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ८ एम्पुल, फेनारगन ८ एम्पुल र बुप्रेनोर्फिन ८ एम्पुल सहित सोही नगरपालिका-६ बस्ने २४ वर्षीय अमृत बम्जनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  

नवलपरासी पश्‍चिम, पाल्हीनन्दन गाउँपालिका-२ सुगौलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम १० मिलिग्राम सहित सोही गाउँपालिका-३ छोट्की कुस्मा बस्ने ४० वर्षीय शेष कुमार उपाध्यायलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्‍चिमबाट खटिएको प्रहरीले युपि ५६ एबि ९७६२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

पर्सा, पर्सागढी नगरपालिका-९ बडेरवाबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ५ सय ग्राम सहित सखुवा प्रसौनी गाउँपालिका-२ जमुनिया बस्ने ६० वर्षीय धुर्व ठाकुरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय  एकटाँगा खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-३ फिस रिसोर्ट नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-३ बोराडाँडी बस्ने २४ वर्षीय श्यामलाल राना र गोदावरी नगरपालिका-६ बस्ने २१ वर्षीय रवी चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सु.प.प्र.०१०२ प ०१४० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, गोदावरी नगरपालिका-१ बुद्धनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३० मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-१ पुष्पलाल चोक बस्ने १९ वर्षीया रेनुका चौधरी समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ हजार ८ सय ८० ट्याब्लेट सहित गोरखा, गोरखा नगरपालिका-६ हरामटारी चोक बस्ने २५ वर्षीय अनिल अधिकारीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट गोरखातर्फ आउँदै गरेको बा.प्र.०१.००६ ख ३९७६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  

झापा, भद्रपुर नगरपालिका-३ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १९ ग्राम ३ सय ४० मिलिग्राम सहित कन्काई नगरपालिका-५ दुर्गापुर बस्ने तेह्रथुम आठराई गाउँपालिका-५ घर भएका २१ वर्षीय सुन्दर सिवालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महेशपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

रूपन्देही, सियारी गाउँपालिका-१ सोनारेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ५९ मिलिग्राम र नगद ३ हजार ९ सय ६० रूपैयाँ सहित तिलोत्तमा नगरपालिका-१२ मकर्हर बस्ने २५ वर्षीय विशाल नायकलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चिल्हियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

धनकुटा, शहिदभुमी गाँउपालिका-१ त्रिवेणीघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१ बस्ने ३१ वर्षीय हरिन्द्र राई, ४१ वर्षीय टिकाराम राई र ३२ वर्षीय नगेन्द्र राई रहेका छन् । प्रहरी चौकी त्रिवेणीबाट खटिएको प्रहरीले त्रिवेणीघाटबाट पोखरेतर्फ जाँदै गरेको प्रदेश ३-०२-०७ प २९६४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८१-१२-१३

मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-१३ बस्ने ३५ वर्षीय राजकुमार राईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-८ मनेहराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय राजकुमार रानालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८१-१२-१३

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-४ कालागाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय दिपक थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-१ बसन्त टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-३ बस्ने २६ वर्षीय बिरेन्द्र चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट शान्तीनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, गोदावरी नगरपालिका-८ स्याउले स्कुल टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम २ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय सुनिल बम र २१ वर्षीय प्रकाश भुल रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले सुनिलको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । यसैगरी कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ नारायणपुर बस्ने २४ वर्षीय अरूण श्रीवास्तव र २२ वर्षीय संजय बिष्ट रहेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.६ प ६५९१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ९० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारबर्दिया नगरपालिका-६ बस्ने २५ वर्षीय सचिन सापकोटा र सोही नगरपालिका-५ सोनापुर बस्ने २३ वर्षीय बिपिन कुमार थारू रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.४ प ८४५९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ४ सय ८० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट १५ ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर चौदण्डीगढी नगरपालिका-६ बस्ने २७ को पेशल बस्नेत र २३ वर्षीय गगन खतिवडा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १ -०४-००२ प १०२७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको  हो । यसैगरी मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय २० मिलिग्राम सहित सुन्दरहरैंचा नगरपालिका-५ बस्ने १९ वर्षीय कबिन राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१३ राधेमाईबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २४ ट्याब्लेट सहित सखुवा प्रसौनी गाउँपालिका-३ बस्ने २० वर्षीय बसिर अंसारीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुनसरी, ईटहरी उपमहानगरपालिका-१७ चमारटोल बस्ने २६ वर्षीय मो.सादिक मिया र ३५ वर्षीय मो.समिर मियालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ६ सय २० मिलिग्राम सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
२०८१-१२-१२

काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय  ४८ ट्याब्लेट सहित काठमाडौं बागबजार बस्ने रामेछाप घर भएका ३२ वर्षीय शंकर थापा मगर समेत ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।    रूपन्देही, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १५ किलोग्राम सहित भारत रागवती हाउस कलिकेट केरला बस्ने ३४ वर्षीय रितेश कुमारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । थाई एयर एशियाको उडानद्वारा थाइल्याण्डको बैङ्ककबाट नेपाल आएका उनलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलतर्फको एराइभल गेटनजिकैबाट नियन्त्रणमा लिइ तलासी गर्ने क्रममा उनको साथमा रहेको सुटकेसबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका-१७ रानिगञ्जबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ८५ मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय करण घर्ती मगर र २६ वर्षीय पवन केसी रहेका छन् । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले करणको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । पर्सा, बहुदरमाई नगरपालिका-६ भौराटार बस्ने ३३ वर्षीय अमेरिका प्रसाद साह गोढलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ १३ किलोग्राम र अफिम जस्तो देखिने पदार्थ २ सय ५० ग्राम सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-२ निकेतन गल्ली बस्ने २४ वर्षीय अफ्रोज सिद्धिकीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २० ट्याब्लेट र स्पास्पेन १ सय २० ट्याब्लेट सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१७ मटेरूवा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम १२ मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका-११ बस्ने २९ वर्षीय आशिष राई र २९ वर्षीय आशिष तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२९ प ६४२७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-१७ मझगाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ३० मिलिग्राम सहित बेदकोट नगरपालिका-५ धरमपुर बस्ने २७ वर्षीय महेश डगौरालाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मझगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २१ मिलिग्राम सहित बेदकोट नगरपालिका-८ बस्ने २० वर्षीय दिनेश बम समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-७ मिलनचोकस्थित मेडिकल संचालन गरी बस्ने कालिकोट तिलागुफा नगरपालिका-६ घर भएका ३२ वर्षीय नन्द बहादुर शाहीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार ८ सय ट्याब्लेट सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको मेडिकल तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम १ मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईलाम माई नगरपालिका-५ बस्ने ३३ वर्षीय भुपेन्द्र लावती र झापा विर्तामोड नगरपालिका-५ बस्ने २३ वर्षीय राजिब चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.६ प ९९७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ स्थित चकरी अमलेखगंज सडकबाट अवैध लागूऔषध गाँजा करिब २५ किलो १ सय ५० ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-९ पशुपतीनगर बस्ने २८ वर्षीय गोविन्द श्रेष्ठ र सोही उपमहानगरपालिका-१३ पदमपोखरी बस्ने २० वर्षीय सागर घलान रहेका छन् । इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा.प्र.०२-०५४ प ९१७३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट चार जना पक्राउ
२०८१-१२-१२

धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोग्राम सहित सहिदभूमि गाउँपालिका-७ बस्ने ३२ वर्षीय चिरन्जवी राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले खाँदबारीबाट विराटनगरतर्फ आउँदै गरेको को.१ ख ३८०४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ७ मिलिग्राम सहित भारत बिहार अररिया थाना फुल्काबजार नरपथगंज बस्ने २२ वर्षीय मो. नहिमलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-६ मेचीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८७ ग्राम ३ सय ४० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत वेष्ट बंगाल दिनाजपुर बस्ने ३२ वर्षीय साम्सद खान र २७ वर्षीय साहेव अली रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानी ट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८१-१२-११

कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-९ बस्ने १९ वर्षीय अनुप बोहरालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी कैलाली, चुरे गाउँपालिका-३ बाट नियन्त्रित लागूऔषध टापेण्टाडोल ७० ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डोटी बडीकेदार गाउँपालिका-२ बस्ने २७ वर्षीय गोपाल बहादुर सलामी र २० वर्षीय मिलन मास्के मगर रहेका छन् । इलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०१२ प ९७९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  दाङ, घोराही उपमहानगरपालिका-१० झारबहिराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम र मोबाइल १ थान सहित सोही ठाउँ बस्ने रोल्पा, रोल्पा नगरपालिका-२ घर भएका २४ वर्षीय आकाश डाँगीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   रूपन्देही, सिद्धार्थनगर नगरपालिका-९ बुद्धचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ४ सय १८ मिलिग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बसडिलवा बस्ने २४ वर्षीय कामरान खान, २५ वर्षीय सेफ अली र ओमसतिया गाउँपालिका-४ बस्ने २८ वर्षीय बिनोद चमार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-६ बाट नियन्त्रित लागूऔषध स्पास्मो ५५ ट्याब्लेट सहित सोही नगरपालिका-३ पडरिया बस्ने १९ वर्षीय अफजल अलि भाटलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लुम्बिनी र अस्थायी प्रहरी पोष्ट महिलवारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । उदयपुर, त्रियुगा नगरपालिका-१ खैजनपुर बस्ने २२ वर्षीय सन्तोष चौधरीलाई अवैध लागूऔषध गाँजा २५ ग्राम र  नियन्त्रित लागूऔषध डाईजेपाम ३ एम्पुल, बुप्रेनोर्फिन २ एम्पुल र फेनारगन २ एम्पुल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   कञ्चनपुर, बेदकोट नगरपालिका-८ भासिबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय अबिषेक डगौरा र सोही नगरपालिका-७ बस्ने २४ वर्षीय सुनिल डगौरा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    झापा, गौरीगञ्ज गाउँपालिका-१ भन्सार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५५ मिलिग्राम सहित भारत किसानगन्ज-२ पलसाह बस्ने २३ वर्षीय सलमलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।