प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

२०८१-१२-०८

  • A
  • A-
  • A+
Share

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ घर भई काठमाडौं बुढानिकलण्ठ नगरपालिका-९ बस्ने ५१ वर्षीय प्रकाश बहादुर सिंहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

सिंहले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ७० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई बुढानिकलण्ठ नगरपालिका-६ सरस्वती कोलोनीबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 


सम्बन्धित समाचार
हत्यामा संलग्न १६ जना पक्राउ
२०८१-१२-१३

काठमाडौं, चन्द्रागिरी नगरपालिका-७ बस्ने दोलखा मेलुङ गाउँपालिका-४ घर भएका २३ वर्षीय अभय भन्ने अबे तामाङको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा काठमाडौं नागार्जुन नगरपालिका-१० स्युचाटार बस्ने पर्सा सखुवा प्रसौनी गाउँपालिका-१ घर भएका २१ वर्षीय आशिष श्रेष्ठ समेत १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   काठमाडौं महानगरपालिका-१४ खड्कागाउँमा दुई समूहबीच पुरानो रिसिईबीलाई लिई झगडा हुँदा आशिष समेतका  व्यक्तिहरूले धारिलो हतियार तथा फलामको रडहरू प्रहार गर्दा गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-१२-१३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-६ घर भएका ४१ वर्षीय सुवास थापालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । सुवासले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख २० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सुकेधारबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

हत्या संलग्न फरार व्यक्ति पक्राउ
२०८१-१२-१३

काठमाडौं, हत्यामा संलग्न रही फरार रहेका कागेश्वरी नगरपालिका-६ मुलपानी पाटिटार बस्ने रोल्पा परिवर्तन गाउँपालिका-३ ईरिवाङ घर भएका ५७ वर्षीय हिमाल बुढामगरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । भक्तपुर मध्यपुर थिमी नगरपालिका-९ बोडे बस्ने खोटाङ केपिलासगढी गाउँपालिका-२ बाक्सिला घर भएका ६५ वर्षीय ओम प्रकाश राईको आइतबार बिहान हत्या गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं मुलपानी एरियाबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त थिमी पठाइएको छ ।

करिब १ सय ५० किलो गाँजा सहित चार जना पक्राउ
२०८१-१२-१३

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-४ औराहाबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० किलोग्राम सहित ४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२२ चक्री टोल बस्ने ४२ वर्षीय बुद्ध घलान, सोही उपमहानगरपालिका-८ बस्ने ३६ वर्षीय नन्दकिशोर सहनी, २८ वर्षीय बिर बहादुर डम्वा र मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे बस्ने २७ वर्षीय सोमलाल पाख्रीन रहेका छन् ।   इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

विद्युतीय कारोबार ऐन बमोजिम कसुर गर्ने दुई जना पक्राउ
२०८१-१२-१२

काठमाडौं, विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम कसुर गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ रंगेली नगरपालिका-७ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-९ बस्ने ४५ वर्षीय बिकाश भारती र गोरखा अजिरकोट गाउँपालिका-३ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-४ बस्ने ३७ वर्षीय बाबुराम अधिकारी रहेका छन् ।  बुद्ध एयरको हवाई टिकट खरिद बिक्रीको लागि अनलाईन कम्प्युटर प्रणालीमा अनाधिकृत रूपमा पहुँच पुर्‍याई अवैध लाभ लिने कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-९ गौशाला बत्तिसपुतलीबाट पक्राउ गरेको हो । उनीहरूलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।