नियन्त्रित लागूऔषध सहित एक जना पक्राउ
२०८१-१२-०८
- A
- A-
- A+
सिराहा, लहान नगरपालिका-१ लोकतन्त्र चोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ९८ एम्पुल, प्रोमेथाजाइन १ सय ९८ एम्पुल र बुप्रेनोर्फिन १ सय ९८ एम्पुल सहित सोही नगरपालिका-६ कुम्हाल टोल बस्ने ५२ वर्षीय जुक्ती लाल पासवानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।