प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

२०८१-१२-१०

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ मिलिग्राम सहित सोही उपमहानगरपालिका-४ कमलडाँडा बस्ने १९ वर्षीय जिजस घलानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ कमलडाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय बिशाल लिम्बुलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-३ ट्राफिक चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ मोहनपुर बस्ने २८ वर्षीय रबिन्द्र बुढा र सोही उपमहानगरपालिका-५ हसनपुर बस्ने २६ वर्षीय बिराट रावल रहेका छन् । वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

दाङ, घोराही उपमहानगरपालिका-१० पहेलपार गाँउबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय समिर वली र सोही उपमहानगरपालिका-१२ बस्ने रोल्पा परिवर्तन गाउँपालिका-३ बागमारा ताईवाङ ठेगाना भएका २८ वर्षीय करण बुढा मगर रहेका छन् । इलाका प्रहरी कार्यालय नारायणपुर र जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ । 

बाँके, जानकी गाउँपालिका-५ बुडियागाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३९ ग्राम ६० मिलिग्राम र नगद ४२ हजार ६ सय ५० रूपैयाँ सहित सोही ठाउँ बस्ने ६६ वर्षीय रम्मन खानलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको भे.६ प ३३०७ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । 

मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय मिलिग्राम सहित ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैंचा नगरपालिका-१० बस्ने २३ वर्षीय गणेश दाहाल, २७ वर्षीय सुमन कोइराला, २९ वर्षीय डिकेश कार्की र २६ वर्षीय यज्ञ राम कार्की रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ४० ट्याब्लेट सहित  भक्तपुर बोडे डेरा गरी बस्ने मकवानपुर घर भएका २८ वर्षीय दावा छिरिङ स्याङतानलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोरपाटीबाट खटिएको प्रहरी उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मधुवन नगरपालिका-४ बस्ने २७ वर्षीय रन्जित चौधरी र ३४ वर्षीय कालुराम चौधरी रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.१० प ८०३४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

उदयपुर, त्रियुगा नगरपालिका-५ विलाउनेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ मोतिगडा बस्ने ३७ वर्षीय रोहित चौधरी र ३१ वर्षीय नागेश्वर चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले सप्तरीबाट गाइघाटतर्फ आउँदै गरेको प्र.२-०१-००२ प ७८६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सिराहा, लहान नगरपालिका-१९ कटहा कालाबन्जरबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३६ एम्पुल, बुप्रेनोर्फिन ३६ एम्पुल, प्रोमेथाजाइन ३६ एम्पुल र नाइट्राजेपाम ३ सय ४० ट्याब्लेट सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सखुवानन्कारकट्टी गाउँपालिका-२ बस्ने २१ वर्षीय अमरेश कुमार यादव, लहान नगरपालिका-२० बस्ने २३ वर्षीय पंकज शर्मा र सोही नगरपालिका-१ बस्ने १९ वर्षीय राजिव कुमार दास रहेका छन् । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले छरापटी चोकबाट कालाबन्जरतर्फ आउँदै गरेको स.६ प ११४३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
२०८१-१२-१२

काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय  ४८ ट्याब्लेट सहित काठमाडौं बागबजार बस्ने रामेछाप घर भएका ३२ वर्षीय शंकर थापा मगर समेत ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।    रूपन्देही, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १५ किलोग्राम सहित भारत रागवती हाउस कलिकेट केरला बस्ने ३४ वर्षीय रितेश कुमारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । थाई एयर एशियाको उडानद्वारा थाइल्याण्डको बैङ्ककबाट नेपाल आएका उनलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलतर्फको एराइभल गेटनजिकैबाट नियन्त्रणमा लिइ तलासी गर्ने क्रममा उनको साथमा रहेको सुटकेसबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका-१७ रानिगञ्जबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ८५ मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय करण घर्ती मगर र २६ वर्षीय पवन केसी रहेका छन् । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले करणको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । पर्सा, बहुदरमाई नगरपालिका-६ भौराटार बस्ने ३३ वर्षीय अमेरिका प्रसाद साह गोढलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ १३ किलोग्राम र अफिम जस्तो देखिने पदार्थ २ सय ५० ग्राम सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-२ निकेतन गल्ली बस्ने २४ वर्षीय अफ्रोज सिद्धिकीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २० ट्याब्लेट र स्पास्पेन १ सय २० ट्याब्लेट सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१७ मटेरूवा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम १२ मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका-११ बस्ने २९ वर्षीय आशिष राई र २९ वर्षीय आशिष तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२९ प ६४२७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-१७ मझगाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ३० मिलिग्राम सहित बेदकोट नगरपालिका-५ धरमपुर बस्ने २७ वर्षीय महेश डगौरालाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मझगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २१ मिलिग्राम सहित बेदकोट नगरपालिका-८ बस्ने २० वर्षीय दिनेश बम समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-७ मिलनचोकस्थित मेडिकल संचालन गरी बस्ने कालिकोट तिलागुफा नगरपालिका-६ घर भएका ३२ वर्षीय नन्द बहादुर शाहीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार ८ सय ट्याब्लेट सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको मेडिकल तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम १ मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईलाम माई नगरपालिका-५ बस्ने ३३ वर्षीय भुपेन्द्र लावती र झापा विर्तामोड नगरपालिका-५ बस्ने २३ वर्षीय राजिब चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.६ प ९९७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ स्थित चकरी अमलेखगंज सडकबाट अवैध लागूऔषध गाँजा करिब २५ किलो १ सय ५० ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-९ पशुपतीनगर बस्ने २८ वर्षीय गोविन्द श्रेष्ठ र सोही उपमहानगरपालिका-१३ पदमपोखरी बस्ने २० वर्षीय सागर घलान रहेका छन् । इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा.प्र.०२-०५४ प ९१७३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट चार जना पक्राउ
२०८१-१२-१२

धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोग्राम सहित सहिदभूमि गाउँपालिका-७ बस्ने ३२ वर्षीय चिरन्जवी राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले खाँदबारीबाट विराटनगरतर्फ आउँदै गरेको को.१ ख ३८०४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ७ मिलिग्राम सहित भारत बिहार अररिया थाना फुल्काबजार नरपथगंज बस्ने २२ वर्षीय मो. नहिमलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-६ मेचीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८७ ग्राम ३ सय ४० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत वेष्ट बंगाल दिनाजपुर बस्ने ३२ वर्षीय साम्सद खान र २७ वर्षीय साहेव अली रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानी ट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८१-१२-११

कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-९ बस्ने १९ वर्षीय अनुप बोहरालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी कैलाली, चुरे गाउँपालिका-३ बाट नियन्त्रित लागूऔषध टापेण्टाडोल ७० ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डोटी बडीकेदार गाउँपालिका-२ बस्ने २७ वर्षीय गोपाल बहादुर सलामी र २० वर्षीय मिलन मास्के मगर रहेका छन् । इलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०१२ प ९७९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  दाङ, घोराही उपमहानगरपालिका-१० झारबहिराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम र मोबाइल १ थान सहित सोही ठाउँ बस्ने रोल्पा, रोल्पा नगरपालिका-२ घर भएका २४ वर्षीय आकाश डाँगीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   रूपन्देही, सिद्धार्थनगर नगरपालिका-९ बुद्धचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ४ सय १८ मिलिग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बसडिलवा बस्ने २४ वर्षीय कामरान खान, २५ वर्षीय सेफ अली र ओमसतिया गाउँपालिका-४ बस्ने २८ वर्षीय बिनोद चमार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-६ बाट नियन्त्रित लागूऔषध स्पास्मो ५५ ट्याब्लेट सहित सोही नगरपालिका-३ पडरिया बस्ने १९ वर्षीय अफजल अलि भाटलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लुम्बिनी र अस्थायी प्रहरी पोष्ट महिलवारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । उदयपुर, त्रियुगा नगरपालिका-१ खैजनपुर बस्ने २२ वर्षीय सन्तोष चौधरीलाई अवैध लागूऔषध गाँजा २५ ग्राम र  नियन्त्रित लागूऔषध डाईजेपाम ३ एम्पुल, बुप्रेनोर्फिन २ एम्पुल र फेनारगन २ एम्पुल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   कञ्चनपुर, बेदकोट नगरपालिका-८ भासिबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय अबिषेक डगौरा र सोही नगरपालिका-७ बस्ने २४ वर्षीय सुनिल डगौरा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    झापा, गौरीगञ्ज गाउँपालिका-१ भन्सार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५५ मिलिग्राम सहित भारत किसानगन्ज-२ पलसाह बस्ने २३ वर्षीय सलमलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८१-१२-१०

रूकुम पश्चिम, आठविसकोट नगरपालिका-१३ गाउँबारी बस्ने निर्मल परियारलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ५ सय ग्राम र चरेश जस्तो देखिने पदार्थ ५ ग्राम सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आठविसकोटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ७० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा केराबारी गाउँपालिका-७ बस्ने २३ वर्षीय सनम राई र २७ वर्षीय रूपेश तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, उर्लाबारी नगरपालिका-७ बाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम सहित धनकुटा सहिदभूमि गाउँपालिका-७ बस्ने ६३ वर्षीय जिवन राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले धरानबाट काँकडभिट्टातर्फ आउँदै गरेको को.१ ख ७३९८ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब ४ सय ७७ किलो गाँजा सहित एक जना पक्राउ
२०८१-१२-०९

धनुषा, लक्ष्मिनीया गाउँपालिका-७ लक्ष्मिनीया चोकबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ७७ किलो ७४ ग्राम सहित मकवानपुर घर भएका २४ वर्षीय संजिब स्याङ्तानलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त टोलीले जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरेको म.प्र.०३-००२ ख २५२० नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा ट्रकभित्र ३४ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक स्याङ्तानलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।