प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नियन्त्रित लागूऔषध सहित दुई जना पक्राउ

२०८१-१२-११

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ५ सय ७० ट्याब्लेट सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही हरिपुर नगरपालिका-२ बस्ने २६ वर्षीय राजेश तामाङ र कास्की पोखरा महानगरपालिका-१९ बस्ने २० वर्षीय निर्मल ढुङ्गेल रहेका छन् । 

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ग.१२ प ४९७८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित आठ जना पक्राउ
२०८१-१२-१६

मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ३० मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-५ बस्ने ३४ वर्षीय कुमार दाहाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रूपन्देही, देवदह नगरपालिका-२ ढेकावर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ८ मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैतडी दशरथचन्द नगरपालिका-१० घर भई रूपन्देही बुटवल उपमहानगपालिका-१० कालिकानगर बस्ने २८ वर्षीय किरण बिष्ट र सोही उपमहानगरपालिका-९ ईट्टाभट्टी बस्ने २६ वर्षीय गुरू प्रसाद घिमिरे रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय रूपन्देही र अस्थायी प्रहरी चौकी ढेकावरबाट खटिएको प्रहरीले नवलपरासी पश्चिमबाट ढेकावरतर्फ आउँदै गरेको लु.४७ प २९६४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ४ हजार ४ सय ५३ ट्याब्लेट सहित ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-५ डेरा गरी बस्ने पर्वत मोदी गाउँपालिका-६ घर भएका ४८ वर्षीय कृष्ण शर्मा, पोखरा महानगरपालिका-१ सिमपानी बस्ने तनुहँ शुक्ला गण्डकी नगरपालिका-१० घर भएकी ५३ वर्षीया सुनी माया थापा मगर, २३ वर्षीय सुसला परियार र १८ वर्षीय किशोर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले कृष्णलाई ३ हजार २ सय ट्याब्लेट, सुनी मायालाई १ हजार २ सय ट्याब्लेट तथा सुसला र १८ वर्षीय किशोरलाई ५३ ट्याब्लेट सहित पक्राउ गरेको  हो ।  नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-१० पितौजी बस्ने ३० वर्षीया बिनिता रोक्का मगरलाई नियन्त्रित लागूऔषध आईपिपिएल १२ एम्पुल, डाइजेपाम १२ एम्पुल, फेनारगन १२ एम्पुल, सिरिन्ज ६ थान र नगद ३ हजार ६ सय ४० रूपैयाँ सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट वेल्डिहाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८१-१२-१५

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ७ सय २० मिलिग्राम सहित कोहलपुर नगरपालिका-२ बस्ने २२ बस्ने सुजन थापा मगरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालगंजतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० ग्राम सहित रोल्पा परिवर्तन गाउँपालिका-३ बस्ने ३१ वर्षीय भुपेन्द्र बुढामगर समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, गोदावरी नगरपालिका-२ अत्तरीया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ५ सय मिलिग्राम सहित कञ्चनपुर कृष्णपुर नगरपालिका-४ मालुमेला बस्ने २७ वर्षीय दिपक ओली समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ६० ट्याब्लेट सहित लमजुङ राइनास नगरपालिका-४ बस्ने २६ वर्षीय आशिष गैरेलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको बा. ३ ख १०६८ माईक्रो बस जाँच गर्ने क्रममा माईक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध गाँजा सहित दुई जना पक्राउ
२०८१-१२-१५

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु करिब ५ किलोग्राम सहित २ जना भारतीय नागरिक बिहीबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मुम्बई ठेगाना भएका २५ वर्षीय Mohammad Anwar Mohammad Bakar Mirza र ५० वर्षीया Raziabano Sayed रहेका छन् । थाइ एयरको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनीहरूलाई विमानस्थलको आगमन भन्सार एरियामा एक्सरे मेसिनद्वारा स्क्रिनिङ गर्ने क्रममा उनीहरूको साथमा रहेको सुटकेशबाट उक्त बस्तु फेला परेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८१-१२-१४

काठमाडौं महानगरपालिका-११ थापाथली चेस पार्क नजिकबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ २ किलोग्राम सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं थापाथली बस्ने महोत्तरी भँगाहा नगरपालिका घर भएका ५८ वर्षीय बिन्दे यादव, काठमाडौं न्यूरोड बस्ने कैलाली गोदावरी नगरपालिका-१ घर भएका २१ वर्षीय उज्जल महरा र काठमाडौं कालिमाटी बस्ने ३५ वर्षीय रोशन महर्जन रहेका छन् । प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ग्राम सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-६ घर भएका २५ वर्षीय निकेश सापकोटा, काठमाडौं बागेश्वरी बस्ने गोरखा पालुङटार नगरपालिका-१ घर भएका २० वर्षीय विश्वास श्रेष्ठ र धादिङ ज्वालामूखी गाउँपालिका-३ घर भएका २८ वर्षीय आयुष अर्याल रहेका छन् । प्रहरी बिट गागलफेदीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-१४ सब्जीमण्डी नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१७ भैसाही बस्ने ३० वर्षीय सुदिप पाण्डेलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ३० मिलिग्राम सहित पथरी शनिश्चरे नगरपालिका-१० बस्ने ३२ वर्षीय प्रेम बहादुर तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ हो ।  यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम सहित उर्लाबारी नगरपालिका-२ बस्ने ३१ वर्षीय संदिप कडुवाललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाह ४ नम्बर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-४ खैरेनी बस्ने २१ वर्षीय सुनिल बिक र १९ वर्षीय प्रेम बहादुर बिक रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतको बलेगाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१२ फुरसलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ९७ ट्याब्लेट, स्पास्पेन ७ ट्याब्लेट, १ थान मोबाइल र नगद ९ हजार ५ सय ५० रूपैयाँ सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-१७ बस्ने २२ वर्षीय पासाङ तामाङ र २४ वर्षीय सुमन राई रहेका छन् । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले इटहरीबाट भेडेटारतर्फ जाँदै गरेको को.३८ प ५८५९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।