प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

२०८१-१२-१२

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय  ४८ ट्याब्लेट सहित काठमाडौं बागबजार बस्ने रामेछाप घर भएका ३२ वर्षीय शंकर थापा मगर समेत ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।    

रूपन्देही, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १५ किलोग्राम सहित भारत रागवती हाउस कलिकेट केरला बस्ने ३४ वर्षीय रितेश कुमारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । थाई एयर एशियाको उडानद्वारा थाइल्याण्डको बैङ्ककबाट नेपाल आएका उनलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलतर्फको एराइभल गेटनजिकैबाट नियन्त्रणमा लिइ तलासी गर्ने क्रममा उनको साथमा रहेको सुटकेसबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका-१७ रानिगञ्जबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ८५ मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय करण घर्ती मगर र २६ वर्षीय पवन केसी रहेका छन् । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले करणको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । 

पर्सा, बहुदरमाई नगरपालिका-६ भौराटार बस्ने ३३ वर्षीय अमेरिका प्रसाद साह गोढलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ १३ किलोग्राम र अफिम जस्तो देखिने पदार्थ २ सय ५० ग्राम सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

सुनसरी, धरान उपमहानगरपालिका-२ निकेतन गल्ली बस्ने २४ वर्षीय अफ्रोज सिद्धिकीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २० ट्याब्लेट र स्पास्पेन १ सय २० ट्याब्लेट सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

मोरङ, विराटनगर महानगरपालिका-१७ मटेरूवा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम १२ मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका-११ बस्ने २९ वर्षीय आशिष राई र २९ वर्षीय आशिष तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२९ प ६४२७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कञ्चनपुर, भीमदत्त नगरपालिका-१७ मझगाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ३० मिलिग्राम सहित बेदकोट नगरपालिका-५ धरमपुर बस्ने २७ वर्षीय महेश डगौरालाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मझगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २१ मिलिग्राम सहित बेदकोट नगरपालिका-८ बस्ने २० वर्षीय दिनेश बम समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-७ मिलनचोकस्थित मेडिकल संचालन गरी बस्ने कालिकोट तिलागुफा नगरपालिका-६ घर भएका ३२ वर्षीय नन्द बहादुर शाहीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार ८ सय ट्याब्लेट सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको मेडिकल तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम १ मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईलाम माई नगरपालिका-५ बस्ने ३३ वर्षीय भुपेन्द्र लावती र झापा विर्तामोड नगरपालिका-५ बस्ने २३ वर्षीय राजिब चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.६ प ९९७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ स्थित चकरी अमलेखगंज सडकबाट अवैध लागूऔषध गाँजा करिब २५ किलो १ सय ५० ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-९ पशुपतीनगर बस्ने २८ वर्षीय गोविन्द श्रेष्ठ र सोही उपमहानगरपालिका-१३ पदमपोखरी बस्ने २० वर्षीय सागर घलान रहेका छन् । इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा.प्र.०२-०५४ प ९१७३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०३-१८

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ५ किलो ३० ग्राम सहित भारतीय नागरिक ३१ वर्षीय MUHAMMED ISSA KAKKIRICHAL PUTHIYYAPURAYIL मंगलबार दिउँसो पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले थाई लायोन एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका MUHAMMED ISSA KAKKIRICHAL PUTHIYYAPURAYIL लाई जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको  हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ । यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-३ बुढानिलकण्ठबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय एम्पुल, डाईजेपाम १ सय एम्पुल र आईपीपिएल १ सय एम्पुल सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ फुलबारी मार्ग बस्ने ३४ वर्षीय हरिवोल खड्का र काठमाडौं महानगरपालिका-८ गौशाला बस्ने गोरखा घर भएका ३० वर्षीय राजन लामा रहेका छन् । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूको साथबाट  नगद ५२ हजार १ सय ९० रूपैयाँ, २ थान मोबाइल र उनीहरूले प्रयोग गरेको बा.प्र.०२-०५६ प ५६५० नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ५ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-६ बस्ने ३७ वर्षीय महमद मुस्लिम र २२ वर्षीय सद्दाम सेख रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.६ प ५३७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय युवराज दर्जीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०१-००२ ह ६५०० नम्बरको सिटि रिक्सालाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक दर्जीलाई पक्राउ गरेको हो । यसैगरी झापा, भद्रपुर नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८० मिलिग्राम सहित बुद्धशान्ति गाउँपालिका-४ जुनेलि बस्ने २९ वर्षीय दिपक सम्बाहाम्फेलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, पथरीशनिश्चरे नगरपालिका-४ भुजेल टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ६० ट्याब्लेट र डाईजेपाम ६० एम्पुल सहित सोही ठाउँ बस्ने २० वर्षीय मनिष तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  रूपन्देही, तिलोत्तमा नगरपालिका-१७ पिपरहीयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १० ग्राम ७ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१७ भरौलिया बस्ने २७ वर्षीय करन प्रसाद थारू र २५ वर्षीय कपिल देव थारू रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरीले लु.४९ प ४०० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ३ सय ८० ट्याब्लेट सहित बारा पचरौता नगरपालिका-३ घर भएका १९ वर्षीय मुकेश कुमार पटेललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले नारायणगढबाट पोखरातर्फ आउँदै गरेको ग.१ ज ८६३१ नम्बरको माइक्रोबसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।भक्तपुर, थिमी नगरपालिका-१ लोकन्थली आँखा अस्पताल नजिकबाट नियन्त्रित लागूऔषध स्पास्पेन ५० ट्याब्लेट र प्रेगाबालिन ९९ ट्याब्लेट सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर लोकन्थली बस्ने झापा शिवसताक्षी नगरपालिका-१ घर भएका २७ वर्षीय अनिल कुमार ठाकुर र उदयपुर कटारी नगरपालिका-७ घर भएका २५ वर्षीय कुमार राई रहेका छन् । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब १ हजार ७४ किलो गाँजा सहित चार जना पक्राउ
२०८२-०३-१७

मकवानपुर, कैलाश गाउँपालिका-५ कटहरेबाट अवैध लागूऔषध गाँजा करिब १ हजार ७४ किलो २ सय ५० ग्राम सहित ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७३ वर्षीय हरि बहादुर वाइवा, ४८ वर्षीय बद्धि बहादुर पाख्रिन, ३४ वर्षीय अरूण गोले  र १९ वर्षीय राजेन्द्र लामा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले हरि बहादुर, बद्धि बहादुर, अरूण, राजेन्द्र, सोही ठाउँ बस्ने गोकर्ण पौडेल, मान बहादुर मोक्तान र सोमलाल गोलेको घर तलासी गर्दा ५४ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो  ।  प्रहरीले हाल फरार गोकर्ण, मान बहादुर र सोमलालको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८२-०३-१७

झापा, बिर्तामोड नगरपालिका-३ भगवानचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-३ शिवालय टोल बस्ने २६ वर्षीय बिर बहादुर राजबंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कैलाली, घोडाघोडी नगरपालिका-१ सुखडस्थित पञ्चकोशी होटल एण्ड रेष्टुरेण्टबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ २ किलो ७ सय १४ ग्राम सहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हुम्ला सर्केगाड गाउँपालिका-५ बस्ने ३२ वर्षीय लोकेन्द्र बहादुर शाही र २७ वर्षीय सालु शाही रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न रोल्पा लुङग्री गाउँपालिका-७ बस्ने ३२ वर्षीय पुनम पुन मगरलाई समेत प्रहरीले पक्राउ गरेको छ ।  धादिङ, गल्छी गाउँपालिका-५ कोईलीखर्क बस्ने ४४ वर्षीय अर्जुन तामाङलाई अवैध लागूऔषध गाँजा करिब ४ किलो ७ सय ग्राम र पोलेन ४ किलो ८० ग्राम सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । सप्तरी, कञ्चनरूप नगरपालिका-७ आदर्श टोलबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो ८ सय ९२ ग्राम सहित उदयपुर बेलका नगरपालिका-६ बस्ने ३६ वर्षीय भुईदल राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले उदयपुरबाट सप्तरीतर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । साथै मोटरसाइकल सहित हाल फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।  सुनसरी, देवानगंज गाउँपालिका-३ यादव टोल बस्ने बिरेन्द्र यादवको घरबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो २ सय ८० ग्राम सहित २ जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ । बिरेन्द्रको घरमा गाँजा लुकाई छिपाई राखिएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८२-०३-१६

सुनसरी, धरान उपमहानगरपलिका-१३ निशाने डाँडाबाट अवैध लागूऔषध गाँजा करिब ५५ किलोग्राम सहित धनकुटा सहिदभूमि गाउँपालिका-२ बस्ने ५४ वर्षीय तेज बहादुर राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा.३ ख १८९७ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  झापा, भद्रपुर नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ मिलिग्राम सहित बिर्तामोड नगरपालिका-४ बस्ने ३२ वर्षीय धर्मा कुमार शर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।