अवैध लागूऔषध सहित विभिन्न स्थानबाट चार जना पक्राउ
२०८१-१२-१२
- A
- A-
- A+
धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोग्राम सहित सहिदभूमि गाउँपालिका-७ बस्ने ३२ वर्षीय चिरन्जवी राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले खाँदबारीबाट विराटनगरतर्फ आउँदै गरेको को.१ ख ३८०४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ७ मिलिग्राम सहित भारत बिहार अररिया थाना फुल्काबजार नरपथगंज बस्ने २२ वर्षीय मो. नहिमलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ मेचीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८७ ग्राम ३ सय ४० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत वेष्ट बंगाल दिनाजपुर बस्ने ३२ वर्षीय साम्सद खान र २७ वर्षीय साहेव अली रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानी ट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।