प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हत्या संलग्न फरार व्यक्ति पक्राउ

२०८१-१२-१३

  • A
  • A-
  • A+
Share

काठमाडौं, हत्यामा संलग्न रही फरार रहेका कागेश्वरी नगरपालिका-६ मुलपानी पाटिटार बस्ने रोल्पा परिवर्तन गाउँपालिका-३ ईरिवाङ घर भएका ५७ वर्षीय हिमाल बुढामगरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

भक्तपुर मध्यपुर थिमी नगरपालिका-९ बोडे बस्ने खोटाङ केपिलासगढी गाउँपालिका-२ बाक्सिला घर भएका ६५ वर्षीय ओम प्रकाश राईको आइतबार बिहान हत्या गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं मुलपानी एरियाबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त थिमी पठाइएको छ ।


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-१२-१५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कीर्तिपुर नगरपालिका-९ बस्ने झापा बिर्तामोड नगरपालिका-४ घर भएका ५७ वर्षीया आशा परियारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । आशाले बुल्गेरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई कीर्तिपुर नगरपालिका-९ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८१-१२-१४

ललितपुर, महालक्ष्मी नगरपालिका-४ इमाडोल नयाँ बस्ती बस्ने रामेछाप घर भएका ३० वर्षीय रिपक खातिको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय सुमन रसाइलीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । सुमनले बादबिवादको क्रममा खुकुरी प्रहार गर्दा रिपकको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो  ।मकवानपुर, आफ्नै जेठी भाउजु ३५ वर्षीया गुड्डी दासको हत्या गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका-१ चौकीटोल बस्ने २३ वर्षीय राहुल दासलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राहुलले घरायसी विवादको क्रममा खुकुरी प्रहार गर्दा उनकै माहिलो दाजु २८ वर्षीय रूपेश दास गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरीले राहुललाई पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा राहुलले रूपेशलाई खुकुरी प्रहार गर्नु भन्दा पहिले नै जेठी भाउजुलाई उनी सुतेको कोठामा खुकुरी प्रहार गरी हत्या गरेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले गुड्डी दासको शव उनी सुतेकै कोठाबाट फेला परेको हो । साथै खुकुरी प्रहारबाट गम्भीर घाइते भएका रूपेशको सहकारी अस्पताल हेटौंडामा उपचार भइरहेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अनलाइन जुवा खेल्ने/ खेलाउने कार्यमा संलग्न ११ जना भारतीय नागरिक पक्राउ
२०८१-१२-१४

काठमाडौं, अनलाइन जुवा (सट्टाबाजी) खेल्ने/ खेलाउने तथा अभौतिक मुद्राको कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-३ देउला टोल बस्ने भारत राजस्थान प्रदेश जयपुर घर भएका २४ वर्षीय सनी मिणा समेत ११ जना भारतीय नागरिकहरूलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । बुढानिलकण्ठ नगरपालिका-३ देउला टोलस्थित घर भाडामा लिई भारतीय नागरिकहरूले अनलाइन जुवा खेल्ने/खेलाउने कार्य गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट मोबाइल ३४ थान, ल्यापटप ५ थान, भारतीय बैंक खाताको चेक बुक १४ थान, भारतीय एटिएम कार्ड २७ थान र भारतीय सिमकार्ड ४० थान समेत बरामद गरेको छ । साथै उनीहरूले हाल सम्म २ अर्ब भन्दा बढी रकमको कारोबार हुनेगरी अनलाइन जुवा खेल्ने/खेलाउने कार्य गरेको र ९६ लाख ३३ हजार रूपैयाँ भन्दा बढी रकम अभौतिक मुद्राको कारोबार समेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अपहरण तथा शरीर बन्धक कसुरमा संलग्न व्यक्ति पक्राउ
२०८१-१२-१४

काठमाडौं, अपहरण तथा शरीर बन्धक कसुरमा संलग्न रहेको अभियोगमा नुवाकोट बेलकोटगढी नगरपालिका-४ बस्ने ३७ वर्षीया सरिता लामालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नो साथीहरूसँग मुक्तिनाथ मन्दिर भ्रमणको लागि नेपाल आई कास्की पोखरा महानगरपालिका-६ लेकसाईडस्थित होटलमा बस्दै गरेकी ७० वर्षीया अमेरिकी महिलाको सोमबार अपहरण गरी फिरौती स्वरूप ३ लाख युरो माग भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट ती महिलाको सकुशल उद्दार गरी उक्त कार्यमा संलग्न सरितालाई पक्राउ गरेको हो ।  उनी उपर अपहरण तथा शरीर बन्धक कसुरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब १ सय ५० किलो गाँजा सहित चार जना पक्राउ
२०८१-१२-१३

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-४ औराहाबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० किलोग्राम सहित ४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२२ चक्री टोल बस्ने ४२ वर्षीय बुद्ध घलान, सोही उपमहानगरपालिका-८ बस्ने ३६ वर्षीय नन्दकिशोर सहनी, २८ वर्षीय बिर बहादुर डम्वा र मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे बस्ने २७ वर्षीय सोमलाल पाख्रीन रहेका छन् ।   इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।