बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-१२-१४
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी नागार्जुन नगरपालिका-६ बस्ने नुवाकोट ककनी गाउँपालिका-४ घर भएका ३६ वर्षीय बिराज तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपलिका-१० नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।