अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८१-१२-१४
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-११ थापाथली चेस पार्क नजिकबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ २ किलोग्राम सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं थापाथली बस्ने महोत्तरी भँगाहा नगरपालिका घर भएका ५८ वर्षीय बिन्दे यादव, काठमाडौं न्यूरोड बस्ने कैलाली गोदावरी नगरपालिका-१ घर भएका २१ वर्षीय उज्जल महरा र काठमाडौं कालिमाटी बस्ने ३५ वर्षीय रोशन महर्जन रहेका छन् । प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ग्राम सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-६ घर भएका २५ वर्षीय निकेश सापकोटा, काठमाडौं बागेश्वरी बस्ने गोरखा पालुङटार नगरपालिका-१ घर भएका २० वर्षीय विश्वास श्रेष्ठ र धादिङ ज्वालामूखी गाउँपालिका-३ घर भएका २८ वर्षीय आयुष अर्याल रहेका छन् । प्रहरी बिट गागलफेदीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-१४ सब्जीमण्डी नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१७ भैसाही बस्ने ३० वर्षीय सुदिप पाण्डेलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ३० मिलिग्राम सहित पथरी शनिश्चरे नगरपालिका-१० बस्ने ३२ वर्षीय प्रेम बहादुर तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ हो ।
यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम सहित उर्लाबारी नगरपालिका-२ बस्ने ३१ वर्षीय संदिप कडुवाललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाह ४ नम्बर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-४ खैरेनी बस्ने २१ वर्षीय सुनिल बिक र १९ वर्षीय प्रेम बहादुर बिक रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतको बलेगाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१२ फुरसलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ९७ ट्याब्लेट, स्पास्पेन ७ ट्याब्लेट, १ थान मोबाइल र नगद ९ हजार ५ सय ५० रूपैयाँ सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-१७ बस्ने २२ वर्षीय पासाङ तामाङ र २४ वर्षीय सुमन राई रहेका छन् । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले इटहरीबाट भेडेटारतर्फ जाँदै गरेको को.३८ प ५८५९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।