करिब १ सय ५ किलो गाँजा सहित अटो चालक पक्राउ
२०८१-१२-१४
- A
- A-
- A+
धनकुटा, सहिदभूमी गाउँपालिका-१ सेती चोकबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५ किलोग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय अभिषेक विकलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरीले को.१ ह ९१३३ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक अभिषेकलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।