प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्राविधिक प्रहरीतर्फ नयाँ भर्नाका लागि दरखास्त आव्हान

२०८१-१२-१५

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त प्राविधिक प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न जम्मा १ सय ४ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ ।

नयाँ भर्नाका लागि दरखास्त आव्हानमध्ये ईन्जिनियरिङतर्फ प्राविधिक प्रहरी निरीक्षक पदका लागि ११ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि ४५ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो । यसैगरी स्वास्थ्यतर्फ प्राविधिक प्रहरी निरीक्षक पदका लागि २२ जना, प्राविधिक प्रहरी नायव निरीक्षक पदका लागि १५ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि ८ जना, केनाईनतर्फ प्राविधिक प्रहरी निरीक्षक पदका लागि १ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि १ जना तथा हातहतियारतर्फ प्राविधिक प्रहरी निरीक्षक पदका लागि १ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो ।

दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरीको Online Recruitment Management System (ORMS) मार्फत अनलाइन दरखास्त दिनुपर्ने छ । अनलाइनबाट दरखास्त दिन नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np को Career भित्र Online Application वा https://careers.nepalpolice.gov.np बाट फारम भर्न सकिने छ ।

ईन्जिनियरिङतर्फ दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरी प्रधान कार्यालय संचार निर्देशनालय, सूचना प्रविधि निर्देशनालय र भौतिक पूर्वाधार निर्देशनालयमा अनलाईन दरखास्त फारम भर्न सकिने छ । यसैगरी स्वास्थ्यतर्फ नेपाल प्रहरी अस्पताल महाराजगंज, केनाईनतर्फ नेपाल प्रहरी केनाईन कार्यालय सामाखुसी र हातहतियारतर्फ नेपाल प्रहरी प्रधान कार्यालय हातहतियार मर्मत शाखामा अनलाईन दरखास्त फारम भर्न सकिने छ । साथै ७ वटै प्रदेश प्रहरी कार्यालयहरूमा अनलाईन दरखास्त संकलन तथा दर्ता गर्न सकिने छ ।

नयाँ भर्ना हुन इच्छुक नागरिकहरुले चैत १८ गतेदेखि २०८२ वैशाख १६ गतेसम्म अनलाइन प्रणालीमार्फत कार्यालय समयभित्र दरखास्त फारम बुझाउन सक्नेछन् ।

दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ । 

सम्बन्धित समाचार
लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८२-०१-३०

काठमाडौं, ३१ वैशाख काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम बुधबार सम्पन्न भएको छ ।   काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संचालित लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत तारकेश्वर नगरपालिका र सामुदायिक प्रहरी सेवा केन्द्र बोहोराटार बालाजुको आयोजनामा तारकेश्वर नगरपालिकाको सभाहलमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनबीच लागूऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले देशैभरी समस्याको रूपमा देखिएको लागूऔषध दुर्व्यसनले शान्ति सुरक्षामा असर गर्नुका साथै विभिन्न आपराधिक क्रियाकलापहरू समेत वृद्धि भएको उल्लेख गर्दै यसको रोकथाम तथा नियन्त्रणको लागि सबै सरोकारवाला निकायहरूको समन्वय तथा सहकार्य आवश्यक रहेको बताउनुभयो ।  कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले लागूऔषध दुर्व्यसन नियन्त्रण तथा रोकथाम गर्न यस्ता सचेतनामूलक कार्यक्रमहरू अत्यन्तै फलदायी हुने उल्लेख गर्दे सबै सरोकारवाला निकायहरूले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।  कार्यक्रममा लागूऔषध नियन्त्रण व्यूरो काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सुदर्शन प्रसाद कोइराला, प्राध्यापक डा. केशव राज खड्का र विशेषज्ञ प्राध्यापक डा. केदार नरसिंह केसीले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । तारकेश्वर नगरपालिकाका प्रशासकीय अधिकृत ईश्वर प्रसाद आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषधको परिचय, वर्गीकरण, असरहरू, लागूऔषध ओसारपसार र सेवनको तथ्याङ्क, कानूनी प्रावधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा लागूऔषध सम्बन्धी सचेतनामूलक भिडियो समेत प्रस्तुत गरिएको थियो ।   कार्यक्रममा तारकेश्वर नगरपालिकाका जनप्रतिनिधि तथा पदाधिकारीहरू, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरू, शिक्षक तथा विद्यार्थीहरू, अभिभावकहरू, समाजसेवीहरू, स्वास्थ्यकर्मीहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

चोरी भएका २२ वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण
२०८२-०१-३०

काठमाडौं, ३१ वैशाख विभिन्न मितिमा चोरी भएका २२ वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले बुधबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले १६ वटा मोटरसाइकल र ६ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो ।  विभिन्न मितिमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाको मुलपानी, माकलबारी, सुकेधारा, गौरीघाट, काँडाघारी, नयाँबसपार्क, सोह्रखुट्टे, स्वयम्भू, चौमती, स्युचाटार, दरबारमार्ग, भैंसेपाटी र थिमी लगायतका स्थानबाट ती सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।  

२५ जना प्रहरी कर्मचारीहरूलाई दमकल, वाटर क्यानन् चालक तथा अप्रेटर तालिम प्रदान
२०८२-०१-२८

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले २५ जना प्रहरी कर्मचारीहरूलाई ‘दमकल, वाटर क्यानन् चालक तथा अप्रेटर तालिम’ प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित दमकल, वाटर क्यानन् चालक तथा अप्रेटर तालिम दोस्रो समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।  तालिम समापनको अवसरमा सोही महाशाखामा आइतबार आयोजित कार्यक्रममा प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले प्रशिक्षार्थी तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्दै तालिमबाट प्राप्त गरेका ज्ञान, सीप र दक्षतालाई आ-आफ्नो कार्य क्षेत्रमा जिम्मेवारी पूर्वक त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हवल्दार ११ जना, प्रहरी सहायक हवल्दार ८ जना र प्रहरी जवान ४ जना गरी कूल २५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा
२०८२-०१-२४

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको सचिवालयले बुधबार जनाएको छ ।प्रहरी वरिष्ठ उपरीक्षक थापालाई ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ । 

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८२-०१-२४

काठमाडौं, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम बुधबार सम्पन्न भएको छ ।   काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संचालित लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत बुढानिलकण्ठ नगरपालिका, नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा काठमाडौं र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बुढानिलकण्ठको संयुक्त आयोजनामा बुढानिलकण्ठ नगरपालिकाको सभाहलमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीबीच लागूऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले प्रत्येक समाजको साझा समस्याको रूपमा देखिएको लागूऔषध दुर्व्यसनले शान्ति सुरक्षा र अमन चयनमा असर गर्नुका साथै विभिन्न आपराधिक घटना र दुर्घटनाहरू समेत वृद्धि भएको उल्लेख गर्दै यसको रोकथाम तथा नियन्त्रणको लागि प्रहरी अन्य सरोकारवाला निकाय र नागरिक समाजबीच समन्वय तथा सहकार्य गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले यस्ता सचेतनामूलक कार्यक्रमहरूले प्रहरी र नागरिकबीच घनिष्ठता बढ्नुका साथै लागूऔषध दुर्व्यसन नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने बताउनुभयो ।  बुढानिलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुषाल, नार्कोनन् नेपालका अध्यक्ष बसन्त राज कुवंर र नेपाल औषधी व्यवसायी संघ काठमाडौं जिल्ला शाखाका अध्यक्ष शंकर महर्जनले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषधको परिचय, वर्गीकरण, असरहरू, लागूऔषध ओसारपसार र सेवनको तथ्याङ्क, कानूनी प्रावधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा लागूऔषध सम्बन्धी सचेतनामूलक गीति नाटक समेत प्रस्तुत गरिएको थियो ।   कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधि तथा पदाधिकारीहरू, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरू, शिक्षक तथा विद्यार्थीहरू, अभिभावकहरू, समाजसेवीहरू, स्वास्थ्यकर्मीहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू, मेडिकल संचालकहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८२-०१-१८

काठमाडौं, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।   काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संचालित लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिका र सामुदायिक सेवा तथा विकास समाज एवम् सामुदायिक सेवा केन्द्र कोटेश्वरको संयुक्त आयोजनामा कागेश्वरी मनोहरा नगरपालिकाको सभाहलमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की बीच लागूऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले लागूऔषध रोकथाम तथा नियन्त्रण गर्नको लागि यस्ता कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने चर्चा गर्दै आगामी दिनमा अन्य सरोकारवाला निकायसँग समेत समन्वय र सहकार्य गर्दै जाने बताउनुभयो । सभ्य, सुरक्षित एवम् अपराधमुक्त समाज निर्माण गर्न प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने चर्चा गर्दै नागरिकको सहयोग, समन्वय, सहकार्य तथा ऐक्यवद्धता समेत हुनुपर्ने उहाँले बताउनुभयो ।  कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले लागूऔषध दुर्व्यसन नियन्त्रण तथा निर्मुल गरी सभ्य एवम् सुरक्षित समाज निर्माण गर्न प्रहरी र नागरिकको सहयोग, समन्वय र सहकार्यलाई थप सशक्त बनाउनु पर्नेमा जोड दिनुभयो ।  कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख शान्ता थापा, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी र कागेश्वरी मनोहरा नगरपालिका-३ का वडा अध्यक्ष राममणी पुडासैनीले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सामुदायिक सेवा तथा विकास समाज एवम् सामुदायिक सेवा केन्द्र कोटेश्वरका महासचिव पदम कुमार रेग्मीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषधको परिचय, वर्गिकरण, असरहरू, लागूऔषध ओसारपसार र सेवनको तथ्याङ्क, कानूनी प्रावधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा लागूऔषध सम्बन्धी सचेतनामूलक गिती नाटक समेत प्रस्तुत गरिएको थियो ।   कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका पदाधिकारीहरू, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरू, सामुदायिक तथा संस्थागत विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, विद्यालयका प्राचार्यहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।