अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८१-१२-२०
- A
- A-
- A+
कञ्चनपुर, भीमदत्त नगरपालिका-१७ बसखेडाबाट नियन्त्रित लागूऔषध डाइजेपाम २९ एम्पुल सहित सोही नगरपालिका-१७ बागवाणी बस्ने ३७ वर्षीय मनोज सुनारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरी, कोशी गाउँपालिका-१ भन्सार कार्यालय अगाडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५३ ग्राम २ सय ७० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका-१६ बस्ने ३४ वर्षीय मनोज कुमार चौधरी र सोही उपमहानगरपालिका-६ बस्ने २३ वर्षीय सनम तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका मनोज कुमारलाई २७ ग्राम २ सय ७० मिलिग्राम र सनमलाई २६ ग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।