केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यद्वारा सञ्चारकर्मीहरूसँग साक्षात्कार
२०८१-१२-२०
- A
- A-
- A+
काठमाडौं, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्नुभएको छ । साक्षात्कारको क्रममा उहाँले सञ्चारकर्मीहरूसँग समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गर्नुभयो ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक आचार्यले चैत १५ गते तीनकुने लगायतका स्थानमा भएका अराजक गतिविधि सम्बन्धी सिलसिलेवार घटनाक्रमको बारेमा संक्षिप्त जानकारी दिनुभयो । सो अवसरमा विभिन्न सामाजिक सञ्जालबाट प्राप्त भएको उक्त गतिविधि समेटिएको भिडियो समेत प्रस्तुत गरिएको थियो ।
प्रहरी नायव महानिरीक्षक आचार्यले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दै प्रदर्शनकारी अराजक भई निषेधित क्षेत्र प्रवेश गर्न खोज्दा प्रहरी र प्रदर्शनकारी बीच झडप भएको तथा अराजक गतिविधि नियन्त्रणमा लिनलाई प्रहरीले बल प्रयोगको सिद्धान्त अनुरूप संयमित भई कम भन्दा कम बल प्रयोग गरेको बताउनुभयो । साथै अराजक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइने समेत उहाँले उल्लेख गर्नुभयो ।
विभिन्न समसामयिक विषयमा सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरू तथा प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।