प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

२०८१-१२-२२

  • A
  • A-
  • A+
Share

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-१ घर भई बुढानिलकण्ठ नगरपालिका-६ बस्ने ३९ वर्षीय राजु बिक्रम राणा, ३५ वर्षीया रोशनी राणा र टोखा नगरपालिका-९ बस्ने कञ्चनपुर बेदकोट नगरपालिका-१० घर भएका ३३ वर्षीय भिम बहादुर महर रहेका छन् । 

राजु र रोशनीले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख १२ हजार रूपैयाँ तथा भिम बहादुरले २ जना पीडितहरूबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजु र रोशनीलाई काठमाडौं महानगरपालिका-६ बौद्ध तथा भिम बहादुरलाई काठमाडौं महानगरपालिका-२६ बाट पक्राउ गरेको हो ।  

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

 


सम्बन्धित समाचार
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-१२-२६

काठमाडौं, ठगी मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोका बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ भोटेचौर घर भएका ४३ वर्षीय राम कुमार चौलागाईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । चौलागाईले पीडितलाई अरूको प्लटिङ गरेको जग्गा देखाई विभिन्न प्रलोभनमा पारी नगद ४५ लाख ५० हजार रूपैयाँ लिई वैना कागज गरेकोमा उक्त जग्गा मालपोत कार्यालयको अभिलेखमा समेत दर्ता नदेखिएकोले जिल्ला अदालत काठमाडौंबाट चैत २१ गते उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोकाबाट पक्राउ गरेको हो । साथै उनी विरूद्ध जिल्ला प्रहरी परिसर तथा मातहतका विभिन्न प्रहरी कार्यालयहरूमा ठगी तथा बैंकिङ कसूर सम्बन्धी मुद्दाहरू दर्ता भई फरार रहेको समेत प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

हुण्डी कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ
२०८१-१२-२२

काठमाडौं, हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने तिब्बत घर तथा भारत सुजा-३ जोगिन्दर नगर मडी ठेगाना भएकी चिनियाँ नागरिक २६ वर्षीया RIKSHE WANGMO लाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं महानगरपालिका-२७ महाबौद्धमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी उनलाई नगद २० लाख ९२ हजार रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८१-१२-२२

बाँके, कोहलपुर नगरपालिका-७ रजगरूवा बस्ने ४० वर्षीय दुर्गा पुनको हत्या गरेको अभियोगमा सोही नगरपालिका-७ सल्यानी टोल बस्ने २३ वर्षीय छोटे भन्ने राजु सुनारलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । राजु समेत ५/६ जनाको समुहले कुटपिट गर्दा गम्भीर घाइते भएका दुर्गाको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी हवल्दारपुर र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न मध्ये राजुलाई पक्राउ गरेको हो ।प्रहरीले कुटपिटमा संलग्न हाल फरार अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सर्बिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-१२-२१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने भक्तपुर, भक्तपुर नगरपालिका-५ घर भएका २८ वर्षीय सुरेश माकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  सुरेशले सर्बिया पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ३२ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बौद्धबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

सामाजिक संजालको प्रयोग गरी फिरौती रकम माग गर्ने व्यक्ति पक्राउ
२०८१-१२-२०

बाँके, सामाजिक संजाल ह्वाट्स एपको प्रयोग गरी ५ करोड भारतीय रूपैयाँ फिरौती रकम माग गरेको अभियोगमा कोहलपुर नगरपालिका-५ डेरा गरी बस्ने सुर्खेत भेरी गंगा नगरपालिका-७ काठेघारी घर भएका ४१ वर्षीय राम बहादुर बुढा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । राम बहादुरले विभिन्न विदेशी नम्बरको ह्वाट्स एप खोली आफु लोरेन्स बिस्नोई र अनमोल बिस्नोई हो भनि म्यासेज गरी उक्त रकम माग गरेको र उक्त रकम नदिएमा जे पनि हुन सक्ने भनि धम्काउने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।       यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।