प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ

२०८१-१२-२३

  • A
  • A-
  • A+
Share

  कञ्चनपुर, भीमदत्त नगरपालिका-६ बनगाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय किशोर भट्टलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-६ बनगाउँ भगवती टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्राम सहित  सोही ठाउँ बस्ने ३० वर्षीय दिपेश बोगटीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-८ बस्ने २७ वर्षीय कमल रानालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

        यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ८० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका-८ बस्ने १९ वर्षीय गोविन्द कठायत र २२ वर्षीय दिपक बोहरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

        यसैगरी कैलाली, भजनी नगरपलिका-३ जवलपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ५० मिलिग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय सागीराम चौधरी, भजनी नगरपालिका-३ काडा बस्ने २१ वर्षीय निरज चौधरी र सोही नगरपालिका-२ बस्ने २३ वर्षीय निरज चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले सागीरामको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।  

        मोरङ, विराटनगर महानगरपालिका-१७ मटेरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ३ सय १० मिलिग्राम सहित केराबारी गाउँपालिका-६ बस्ने ४२ वर्षीय निरज श्रेष्ठलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ६० मिलिग्राम सहित सुनसरी ईटहरी उपमहानगरपालिका-२ बस्ने २१ वर्षीय सुजन विश्वकर्मालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०५२ प ६४८८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।     

झापा, मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ३० मिलिग्राम सहित मोरङ उर्लावारी नगरपालिका-३ बस्ने १९ वर्षीय सुनिल विश्वकर्मालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

        मकवानपुर, हेटौंडा उपमहानगरपलिका-१९ मौवाटारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४३ ग्राम ६ सय ५० मिलिग्राम, नगद १ लाख ३० हजार १ सय १० रूपैयाँ, मोबाइल ३ थान, सुनको सिक्ररी १ थान, बाला १ थान सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ ठुलोथली बस्ने २१ वर्षीय हरसित राज मुक्तान र राक्सिराङ गाउँपालिका-३ पलासी बस्ने २२ वर्षीय समतेन डिमडुङ रहेका छन् । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सिराहा, सिरहा नगरपालिका-१४ लच्काबाट अवैध लागूऔषध खैरौ हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली दुधौली नगरपालिका-१० बस्ने २४ वर्षीय प्रबिन बुढाथोकी र २२ वर्षीय श्रवण कुमाल रहेका छन् । प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरीले भारत जयनगरबाट सिराहातर्फ आउँदै गरेको बा. प्र. ०२-०३२ प ५१३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८१-१२-२६

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु करिब ६ किलोग्राम सहित थाईल्याण्डकी नागरिक २७ वर्षीया MISS KANOKWAN PONGSUWAN मंगलबार दिउँसो पक्राउ परेकी छिन् । थाई एयरवेजको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएकी उनलाई जाँच गर्ने क्रममा उनको ब्यागेजबाट उक्त बस्तु फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धानको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।  धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब २० किलोग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सहिदभूमी गाउँपालिका-७ बस्ने ४२ वर्षीया ईन्दिरा राई र ४९ वर्षीया सीता कार्की रहेका छन् । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले अखुवाबाट धरानतर्फ जाँदै गरेको प्र.१-०२-००२ ज ४३३८ नम्बरको बोलेरोमा सवार ईन्दिरालाई १० किलोग्राम र प्र.१-०२-००१ ख ८५२९ नम्बरको बसमा सवार सीतालाई १० किलोग्राम गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।बारा, निजगढ नगरपालिका-८ कभडहल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बकैया टोल बस्ने ३४ वर्षीय कमल केसी र सोही नगरपालिका-९ बस्ने ४३ वर्षीय राम गोपाल श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले पथलैयाबाट निजगढतर्फ आउँदै गरेको म.प्र.०३-०३० प २९६१ नम्बरको  स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८१-१२-२६

कैलाली, धनगढी उपमहानगरपालिका-४ शिवपुरीटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीया रेश्मी कार्की, २४ वर्षीया किरण मगर र डोटी दिपायल सिलगढी नगरपालिका-६ बस्ने १९ वर्षीय सुजन खड्का रहेका छन् । अस्थायी प्रहरी पोष्ट शिवपुरीधामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी कैलाली, भजनी नगरपालिका-८ जनकपुरस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय अमित चौधेरी समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ चटकपुरस्थित एनएस होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ६० मिलिग्राम सहित ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चनपुर बेदकोट नगरपालिका-८ बस्ने २० वर्षीय सुरेश बिष्ट, भीमदत्त नगरपालिका-१० बस्ने २३ वर्षीय लोकेन्द्र चन्द, डोटी दिपायल सिलगढी नगरपालिका-८ बस्ने १९ वर्षीय रिजन कठायत र कैलाली धनगढी उपमहानगरपालिका-३ मिलन चोक बस्ने १८ वर्षीया किशोरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उक्त होटलको १०८ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी चारै जनालाई पक्राउ गरेको हो ।  बर्दिया, बाँसगढी नगरपालिका-३ लखना बस्ने ३१ वर्षीय सुनिल थारूलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले भे.७ प ६७४७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, कोशी गाउँपालिका-१ भन्सार गेटस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ७ सय ६० मिलिग्राम, नाईट्राजेपाम १० ट्याब्लेट र नगद २४ हजार ७ सय ५० रूपैयाँ सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ केराबारी गाउँपालिका-१० बस्ने ३१ वर्षीय तेज बहादुर तामाङ र सोही गाउँपालिका-७ बस्ने २७ वर्षीया फुलमाया लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय लौकही समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०५७ प २८४९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ भन्सार गेटस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ८० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने ३२ वर्षीय राजेश लामा र २१ वर्षीय समिर क्षेत्री रहेका छन् । इलाका प्रहरी कार्यालय लौकही समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-८ रंगशाला नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ९० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने सोही नगरपालिका-१३ घर भएका २० वर्षीय तेजेन्द्र खत्रीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएका प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, गौरादह नगरपालिका-४ मैदान घोपा बस्ने २३ वर्षीय उमेश गिरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ खरिद गर्ने कार्यमा संलग्न गौरादह नगरपालिका-२ राधाकृष्ण टोल बस्ने २४ वर्षीय मनोज भारतीलाई समेत प्रहरीले पक्राउ गरेको छ । बारा, निजगढ नगरपालिका-७ भमरापुलबाट नियन्त्रित लागूऔषध नोर्फिन ३० एम्पुल, फेनारगन ३० एम्पुल, डाईजेपाम ३० एम्पुल, स्पास्मो १० ट्याब्लेट, ट्रामाडोल १० ट्याब्लेट र नाईट्राजेपाम १० एम्पुल सहित सोही नगरपालिका-६ भमरा टोल बस्ने ३० वर्षीय अमृत राउत समेत ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८१-१२-२५

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु करिब ८ किलो ८ सय ५५ ग्राम सहित भारतीय नागरिक २८ वर्षीय SANDEEP KOOVATTUMOOLA UNNI आइतबार दिउँसो पक्राउ परेका छन् । थाई एयरको उडानद्वारा वैङ्ककबाट काठमाडौं आएका उनलाई भन्सार एरियाको एक्सरे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको ब्यागेजबाट उक्त बस्तु फेला पारी पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।   यसैगरी काठमाडौं महानगरपालिका-२६ गोंगबु नयाँ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ४५ ट्याब्लेट र स्पास्मो ८ ट्याब्लेट सहित काठमाडौं गोंगबु नयाँ बसपार्क बस्ने पर्वत मोदी गाउँपालिका-६ घर भएका २८ वर्षीय सुनिल गुरूङलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-१ पोखरा बसपार्कस्थित सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम २९ एम्पुल, फेनारगन २९ एम्पुल, ब्रुप्रेनोर्फिन २९ एम्पुल र नगद १८ हजार रूपैयाँ सहित भरतपुर महानगरपालिका-४ लंकु बस्ने ३६ वर्षीय कृष्ण हरी कंडेललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले बा.प्र.०३-००३ प १७५३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम १० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-६ सरस्वती टोल बस्ने ३० वर्षीय संतोष भट्टराईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी झापा, दमक नगरपालिका-४ तारावारी प्रतिमा टोल डेरा गरी बस्ने सुनसरी रामधुनी नगरपालिका-४ घर भएका २४ वर्षीय विवेक माझीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ९ हजार १ सय ८० ट्याब्लेट, स्पास्पेन १६ हजार ५ सय ७० ट्याब्लेट, नगद २ लाख ८९ हजार ७ सय ५० रूपैयाँ, ल्यापटप १ थान, मोबाइल १ थान र क्यामेरा १ थान सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको  हो । रूकुम पश्‍चिम, वाफिकोट गाउँपालिका-४ छिनखेत बस्ने २९ वर्षीय राजिव मल्ललाई नियन्त्रित लागूऔषध ट्रामाडोल २  हजार ६ सय ३७ ट्याब्लेट, नाइट्राभेट १ हजार ८ सय ५० ट्याब्लेट, नाईट्राफास्ट २ सय ४१ ट्याब्लेट र नाइट्राजेपाम ५३ ट्याब्लेट सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूकुम पश्‍चिमबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।    सुनसरी, धरान उपमहानगरपालिका-१६ र सोही उपमहानगरपालिका-१ सिमाना क्षेत्र मगरसंघ टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७५ ट्याब्लेट र स्पास्पेरिज २ सय ८० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१ बस्ने १९ वर्षीय ओसिन डंगोललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका-६ बस्ने २६ वर्षीय सद्दाम कुरेसी र सोही नगरपालिका-११ लालपुर बस्ने ४५ वर्षीय रमेश अहिर रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.२ प २५८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-२ कालिका टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय करन महरालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  उदयपुर, बेलका नगरपालिका-५ घुम्ने आईतबारे बस्ने ३० वर्षीय मिलन राईलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २३ ट्याब्लेट र स्पास्मो ४४ ट्याब्लेट सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१४ जतुवा बस्ने ६० वर्षीय छटु यादव र १९ वर्षीय भुपेन यादवलाई अवैध लागूऔषध गाँजा ४५ किलोग्राम सहित गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।     रूपन्देही, बुटवल उपमहानगरपालिका-११ मैनाबगरस्थित तिनहु रिबर साईड रेष्टुरेण्टबाट अवैध लागूऔषध गाँजा ३ सय ९३ ग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ बस्ने १९ वर्षीय बिक्की विक र कास्की पोखरा महानगरपालिका-९ घर भएका २६ वर्षीय सुमन जोशी रहेका छन् । अस्थायी प्रहरी बिट जितगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा १० किलो ७ सय ग्राम सहित मकवानपुर मनहरी गाउँपालिका-६ बस्ने ३८ वर्षीय रबी थिङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको ना.३६ प २१७७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८१-१२-२४

सुनसरी, धरान उपमहानगरपालिका-९ बगैंचा लाईनबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ४ सय ४० ट्याब्लेट, नाईट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो ८० ट्याब्लेट सहित ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने भारत घर भएका ३० वर्षीय विजय साह, धरान उपमहानगरपालिका-९ बस्ने २७ वर्षीय निरन्जन यादव, सोही उपमहानगरपालिका-१० बस्ने २५ वर्षीय विशेष राई र सोही उपमहानगरपालिका-१७ बस्ने २६ वर्षीय निश्चल राई रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले विजयको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-११ सुनुवार संघको भवन छेउबाट नियन्त्रित लागूऔषध ट्रामोल ४ सय ६० ट्याब्लेट र स्पास्सपेन ४ सय ६९ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २२ वर्षीय संजिव सुनुवार र १९ वर्षीय सविन परियारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-८ भोटेपुलबाट नियन्त्रित लागूऔषध स्पास्मो १ सय २२ ट्याब्लेट सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ बस्ने ५६ वर्षीय राजु क्षेत्री र सोही उपमहानगरपालिका-१६ बस्ने २९ वर्षीय सकुल अधिकारी रहेका छन् । अस्थायी प्रहरी बिट बरगाछीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-१९ ललिपुरघाटबाट नियन्त्रित लागूऔषध स्पास्मो ४० ट्याब्लेट सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलारी गाउँपालिका-६ बस्ने २२ वर्षीय विशाल चौधरी, १८ वर्षीय किशोर र १९ वर्षीय एन्जन चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सिराहा, सिरहा नगरपालिका-१४ लच्काबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९ सय २० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मिर्चौया नगरपालिका-८ बस्ने १९ वर्षीय सुशान्त पंजियार र सोही नगरपालिका-५ बस्ने २० वर्षीय बिजय महतो रहेका छन् । प्रहरी चौकी खिरौना र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले भारत जयनगरबाट सिराहातर्फ आउँदै गरेको म प्र.०१-००५ प २०३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सिरहा नगरपालिका-१४ लच्काबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २३ ग्राम ९५ मिलिग्राम सहित काठमाडौं महानगरपालिका-११ बस्ने २१ वर्षीय सुनिल बहादुर तामाङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले ना.४ ख ४७१३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार तामाङलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी सिराहा, लहान नगरपालिका-३ अस्पताल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३३ ग्राम सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढीमाई नगरपालिका-९ बस्ने २१ वर्षीय पवन साह, सोही नगरपालिका-८ बस्ने २१ वर्षीय लालबाबु राय र २३ वर्षीय अंकेश महतो रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहा र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, उर्लाबारी नगरपालिका-५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ६० ट्याब्लेट र स्पाष्मिड १ सय ६० ट्याब्लेट सहित सोही ठाउँ बस्ने १९ वर्षीय सुजन शिवालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप सोधपुछको क्रममा उक्त लागूऔषध  पथरी शनिश्चरे नगरपालिका-२ बस्ने २९ वर्षीय सुमन गुरूङबाट खरिद गरेको भन्ने खुल्न आएपश्चात सुमनलाई सोही ठाउँबाट ट्रामाडोल १ हजार १६ ट्याब्लेट र स्पाष्मिड ९ सय ८० ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको छ ।  बारा, जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट अवैध लागूऔषध गाँजा करिब ३२ किलोग्राम सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१४ बस्ने ४२ वर्षीय सोम बहादुर मोक्तानलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले हेटौंडाबाट परवानीपुरतर्फ जाँदै गरेको ना.१ ह ८९६१ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी अटो चालक मोक्तानलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित पक्राउ
२०८१-१२-२३

ललितपुर, बागमती गाउँपालिका-३ भट्टेडाँडा छपेलीस्थित कान्ती लोकपथ सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९४ हजार ८० ट्याब्लेट सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार प्रान्त पूर्वी चम्पारण मोतिहारी रक्सौल नगर-५ पछियाटोल घर भएका २२ वर्षीय मोहम्मद उमर सिद्दिकी, भारत बिहार प्रान्त पूर्वी चम्पारण मोतिहारी टुमरिया ग्राम पञ्चायत-५ घर बताउने २० वर्षीय समिर आलम, भारत बिहार प्रान्त पूर्वी चम्पारण मोतिहारी राजाबजार नगर-३३ घर बताउने ३३ वर्षीय मोहम्मद मुन्ना अन्सारी र भारत बिहार प्रान्त पूर्वी चम्पारण मोतिहारी पलानवा ग्राम पञ्चायत-९ घर बताउने ४५ वर्षीय नोर्जान खातुन रहेका छन् । प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बीआर ०५ पिए ०४२१ नम्बरको एम्बुलेन्सलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी एम्बुलेन्समा सवार समिर आलम, मोहम्मद मुन्ना अन्सारी र नोर्जान खातुनलाई पक्राउ गरेको थियो भने तत्काल फरार चालक मोहम्मद उमर सिद्दिकीलाई बागमती गाउँपालिका-३ सार्वजनिक सडकबाट  शनिबार बिहान पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।